शहीद कृष्णसेन द्वारा ८ वटा तालिम सुरु

Advertise with us

दाङ, चैत ५ । शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराही दाङद्वारा विभिन्न ८ वटा छोटो अवधिका तालिमको एक कार्यक्रमका बीच कक्षा सरु गरिएको छ ।

Buddha International Hospital

Advertise with us

प्राबिधिक तथा व्यवसायीक तालिम परिषद सिटिइभिटीको आंगिक कलेजको रुपमा यसै बर्षबाट संचालन भएको शिक्षालयमा ८ वटा छोटो अवधिका तालिक कार्यक्रममा सोमबार एकमुस्ट कक्षा संचालनको शुभारम्भ गरिएको हो ।

शिक्षालयले बेरोजगार युवाहरुका लागि कम्प्युटर हार्डवेयर टेक्निसियन, कम्प्युटर रिपेयर, फेसन डिजाइनर, जनरल कुक, होटेल असिस्टेन्ट, बिल्डिङ इलेक्ट्रीसियन, स्वीट मेकर र अपसेट प्रेस बिषयमा निशुल्क तालिमका कक्षाहरु संचालन भएका हुन् ।

कक्षा संचालन कार्यक्रममा घोराही उपमहानगरपालिकाका शिक्षा संयोजक भारत अर्यालले प्राबिधिक शिक्षाले आम बेरोजगार युवाहरुलाई व्याबहारिक शिक्षा प्रदान गरि स्वरोजगार गराउन महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

बर्तमान समयमा शिक्षाको महत्वलाई कसैले पनि सामान्य रुपमा लिन नहुने बताउदै शिक्षालयले प्रदान गर्ने व्याबहारिक शिक्षाले बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन भुमिका खेल्ने अझ यसमा पनि निशुल्क शिक्षा भएकाले यसले महँगो शुल्क तिरेर शिक्षा प्रदान गर्न नसक्ने आम नागिरिकका लागि व्यावसायिक जीवनको सुरुवात गर्ने कोसेढुगा बन्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रमका बिशिष्ठ अतिथि तथा नेपाल पत्रकार महासंघका अध्यक्षा सविन प्रियासनले सिटिइभिटीले प्रदान गर्ने जुनसुकै बिषयको तालिम तथा अन्य कुनै पनि कार्यक्रमले जिवानपयोगी शिक्षा प्रदान गर्ने भएकाले यसको सहि सदुपयोग गर्दै यहाँ सिकेको सीपलाई कार्यान्वयनमा लिनुपर्ने बताउनुभयो ।

कार्यक्रमका अर्का अतिथि नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य अजयदीप शर्माले दाङ जिल्लाको घोराहीमा व्यावहारिक शिक्षा प्रदान गर्ने संस्थाको आवश्यकता खड्कीरहेकाबेला शिक्षालयले प्रदान गर्ने निशुल्क तालिमले बेरोजगार युवाहुलाई स्वरोजगार प्रदान गर्ने भन्दै यसको लोकप्रियता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै शिक्षालयका प्रमुख तथा कार्यक्रमका सभापति यादव सुवेदीले शिक्षालय आम सर्वसाधारण नागरिकलाई गुणस्तरीय तथा व्याबहारिक शिक्षा प्रदान गर्न तल्लिन भएकाले आगामी दिनहरुमा शिक्षालयले छोटो तथा लामो अवधिका विभिन्न कार्यक्रमहरु संचालन गर्ने बताए ।

शिक्षालयका लेखा अधिकृत खेमराज गौतमको स्वागत मन्तव्यबाट सरु भएको कार्यक्रमको सहजीकरण शिक्षालयका संयोजक केशरमान बुढाथोकीले गरेका थिए भने कार्यक्रममा बिभिन्न विषयका २ सय प्रशिक्षार्थीहरु सहभागी थिए ।