दाङमा गोरु तस्करी बढ्दै

शिवु खनाल

Buddha International Hospital

देउखुरी, ५ चैत्र | दाङमा पछिल्लो समय यता गाई गोरुहरु तस्करी बढ्दै गएको छ । मंगलवार दाङको धर्नाबाट लमही घोराही सडक खण्ड हुदैँ रा ८ ख ४६३९ नम्बरको ट्रकमा १५ वटा गोरुहरु दाङको धर्नाबाट लोड गरि राप्ती गाउँपालिका वडा नम्बर ६ भगवानपुर स्थित पु¥याइएको छ ।

Advertise with us

सवारी चालकका अनुसार गोरु वसारपोसर गर्नेहरुले मलाई त पशु कार्यालय सिसहनिया लैजाने हो दुईजना अपरिचित व्यक्तीले भने । पैसा पनि राम्रै दिन्छु । चालक दयाराम नेपालीले भने घोराही धर्नाबाट यि गोरुहरु लोड गरि ल्याएको हो, पहिला गाडिमा तिर्पाल लगाइएको थिएन, घोराही लमही सडक खण्ड वनको बिचमा गाडी रोकी तिर्पाल लगाउन लगाइयो, ताकि कसैले गोरु लैजादै गरेको कसैले पनि नदेखोस भनेर ।

विभिन्न बाहाना अपनाएर गोरू र गाईहरु वसारपोसार भैरहदा पनि प्रशासन भने मौन छ । दाङको ट्रञ्जिट पोईन्ट लमही नगरपालिका वडा नम्बर ८ असानि, बेलन डाडा, अर्नहवा, दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ भगवानपुर र जुरौनि हुदै वनको भित्री बाटो हुँदै नेपाल र भारतको नाका जोड्दै झापा हुदैँ तेस्रो मुलुक बङ्लादेश पु¥याउने खेलो भैरहेको छ ।

तस्करीहरूले पछिल्लो समय गरिबी, बालबालिका, अशाय महिलाहरूलाई प्रलोभन देखाई गाई र गोरुहरु तस्करी खुलेयाम गरेको पाइन्छ । गोरू तस्करीहरूका लागि कुनै चाडपर्व वा मेला आउनु हुन्न, त्यसैलाई लक्ष्यित गरि स्थानिय तथा प्रशासन व्यस्त भएको मौका छोपि अझ बढी तस्करी हुने खुल्न आएको छ । अहिले होलीको माहोल बढ्दै गएको छ ।

Advertise with us