व्रेभ गोर्खाद्धारा विद्यार्थीको विदाई

दाङ, चैत ५ । दाङको घोराही स्थित द व्रेभ गोर्खा टे«निङ सेन्टरले व्रिटिस आर्मी र ईण्डियन आर्मीमा छनौट भएका विद्यार्थीहरुलाई विदाई गरेको छ । एक कार्यक्रमको आयोजना गरेर सेन्टरले २८ जना ईण्डियन आर्मी र २ जना व्रिटिस आर्मीमा छनौट भएका विद्यार्थीहरुलाई विदाई गरेको हो ।

Buddha International Hospital

Advertise with us

द व्रेभ गोर्खा टे«निङ सेन्टर घोराहीका सञ्चालक ईराक घर्ति मगरको अध्यक्षता तथा सशस्त्र प्रहरी वल घोराहीका प्रमुख कर्णबहादुर बुढाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले ईण्डियन र व्रिटिस आर्मीमा छनौट हुन सफल भएका युवाहरुलाई बधाई दिदै आगामी कार्यको लागि शुभकामना दिएका थिए ।

पुर्खा देखि नै नेपालीहरुले विदेशका विभिन्न स्थानमा बहादुरी देखाएर देशको नाम राख्न सफल भएको भन्दै प्रमुख अतिथी शसस्त्र प्रहरी बलका प्रमुख डिएसपी कर्णबहादुर बुढाले छनौट भएका सम्पुर्ण युवाहरुले नेपालको पहिचानलाई कायम राख्न आग्रह गर्नुभयो । कार्यक्रममा सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष विष्णु बुढाले युवाहरु विदेशीनु युवाहरुको मात्र दोष नभई राष्ट्रकै दोष भएको बताउनुभयो ।

 

कार्यक्रममा बुद्धिजिवी किशोरचन्द्र गौतमले अहिले धेरै युवाहरु विदेशमा रोजगारीका लागि जाने विषय दुःखको कुरा भएको बताउनुभयो । उहाँले नेपाली युवाहरुलाई नेपालमै बसेर नेपालको विकासका लागि काम गर्ने बाताबरण अब सरकारले बनाउनु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा जनजाती महासंघका पुर्वमहासचिव केवि घर्तिले भारतीय सैनिकहरुमा सिपाईमा मात्रै सिमित नभई माथिल्लो दर्जामा पुग्नका लागि मेहनत गर्न सुझाव दिनुभयो ।

द व्रेभ गोर्खा टे«निङ सेन्टरका सञ्चालनक सन्जु केसीले स्वागत गर्दै अहिलेसम्म द व्रेभ गोर्खा टे«निङ सेन्टरबाट ४ सय २३ जना विद्यार्थीहरुले विभिन्न देशको प्रहरी, आर्मीमा नाम निकाल्न सफल भएको बताउनुभयो । दाङ र दाङ भन्दा बाहिरबाट युवाहरु तालिमका लागि आउने गरेको उहाँको भनाई छ । यो वर्ष सेन्टरमा तालिल लिएकाहरु मध्य ईण्डियन आर्मीका लागि मात्रै २८ जना छनौट भएका छन् ।

कार्यक्रमको सहजीकरण गायक तथा सञ्चारकर्मी प्रकाश पुनले गर्नुभएको थियो । कार्यक्रममा छनौट भएका विद्यार्थीहरुको अभिभावक, आफन्त र सुभचिन्तकहरुको सहभागीता रहेको थियो भने विभिन्न सांस्कृतिक प्रस्तुतीहरु समेत देखाईएको थियो ।

Advertise with us