टोल विकास संस्थाद्धारा ब्लड क्यान्सर पिडीत केसीलाई सहयोग

Advertise with us

यमकला भुसाल

Buddha International Hospital

तुलसीपुर,५ चैत | दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ प्रसेनी निवासी ब्लड क्यान्सर पिडीत धनराम केसीको उपचारका लागी सुन्दर बस्ती टोल विकास सस्थाँले आर्थिक रकम सहयोग गरेको छ ।

Advertise with us

मगंलवार पिडीत केसीको घरमा गई टोल विकास सस्थाँका अध्यक्ष चेत बहादुर जिसी लगाएतको टोलीले २० वर्षीय केसीको उपचारमा सहयोग पुगोस भनी ६६ हजार नौ सय ८५ रुपैया आर्थिक रकम हस्तान्तरण गरेको हो । गत मसिंर महिना देखि ब्लड क्यान्सर पिडीत भएका केसीको हाल भारतको राजगान्धी क्यान्सर अस्पतालमा उपचार भैरहेको पिडितका बुबा परशुराम केसीले जानकारी दिनुभयो ।

छोराको उपचारका लागी अहिले सम्म २१ लाख आइसी रकम खर्च गरिसक्यौ, अझै ५० लाख आइसी भन्दा धेरै रकम लाग्ने डाक्टरको भनाई छ,उहाँले भन्नुभयो । उहाँले छोराको उपचारका लागी आर्थिक रकम अभाव भएकाले सहयोगका लागी अपिल समेत गर्नुभएको छ ।

साथै पिडित केसीको उपचारका लागी सहयोग गर्न चाहाने व्यक्तीले नेपाल एसबिआइ बैक लिमिटेड घोराहीको खाता नं २०६१५२४०७००५७६,एमेरेष्ट बैकं लिमीटेड तुलसीपुरको खाता नं ०३३००५१८२००२२३ र ९८४७८५२७५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

ब्लड क्यान्सर पिडीत धनराम केसी काठमाडौमा बसेर अध्यन गर्दे आउनुभएको थियो ।