पर्यटक तान्दै जखेरा

Advertise with us

तुलसीपुर, चैत । दाङको लमही नगरपालिका वडा नं ३ मा अवस्थित प्राकृतिक जखेरा ताल रमणीय स्थल हो, जुन प्राकृतिक सुन्दरताले भरिपुर्ण छ । ताल अवलोकन गर्न दाङ सहित अर्घाखाची, प्युठान, रोल्पा, सल्यान, रुकुम, बर्दिया, बाँके, सुर्खेत लगाएतका स्थानबाट आन्तरिक प्रर्यटकहरु आउने गर्दछन् ।

Buddha International Hospital

Advertise with us

२०५५ सालमा स्थानीयले पानी जम्मा गरेर सिँचाईको रुपमा लिने गरेको उक्त ताल संरक्षण पछि अहिले प्रसिद्ध प्रर्यटकीय स्थलका रुपमा पनि चिनिदै आएको छ । जखेरा सामुदायीक बन भित्रको ७.८ हेक्टर क्षेत्रफलमा रहेको तालमा २ वटा मन्दिर निमार्ण गरिएको छ । गणेश मन्दिर र शिब मन्दिरले जखेरा तालको आकर्षणमा बृद्धि गरेको छ ।

जखेरा ताल मुख्य रुपमा पिकनिक स्पटको लागि पनि प्रख्यात छ । जहाँ केही बनभोजका आउने गर्दछन् भने केही विवाह पार्टीका लागी आउने गर्दछन् । जखेरामा माघे सक्रान्ती र शिवरात्रीमा ठुलो मेला पनि लाग्ने गर्दछ ।

वषैभरी चहलपहल भैरहने तालमा दशैं तिहारको समयमा बिशेष भिडभाड हुन्छ । तालमा अन्य समयमा पनि दैनिकी एक सय देखि ५ सयसम्म पर्यटकहरु आउने गरेको जखेरा शिवालय धार्मिक पर्यटन विकास सरक्षण प्रतिष्ठानका कार्यबहाक अध्यक्ष रविध्वज थापाले जानकारी दिनुभयो ।

उहाँले वषैपिच्छे पर्यटकको सङख्या बढ्दै गएपनि ताललाई अझै व्यवस्थित गर्न नसकिएको बताउनुभयो । ८ वर्ष भयो तालमा २ वटा मात्रै डुगां छन्, अझै २, ३ वटा डुंगा आवश्यक पर्ने उहाँले भन्नुभयो । तालको नियमित सरसफाई र डुंगाको सङ्ख्या बढाउन सके जखेरामा अझै बिदेशी पर्यटकहरु पनि भित्राउन सकिने उहाँले बताउनुभयो ।

उहाँले तालको सरक्षणका लागी स्थानीय तह, लमही नगरपालिकाले पनि गुरुयोजना अघि सारेको बताउनुभयो । यसको विकासका लागी पर्यटन प्रवद्र्धनमा जुट्नुपर्ने पनि उहाँको भनाई छ । अवलोकनमा आउने पर्यटकका लागी शौचालय निमार्ण गर्ने, तालको क्षेत्रफल बढाउने र पार्किङ्को व्यवस्था गर्दै जखेरा ताललाई धारपानीको मोडेलमा लैजाने लक्ष्य रहेको थापाले बताउनुभयो ।