नाम मात्रको लमही अस्पताल

अस्पतालमा नौ प्रकारका औषधिको अभाव, ल्यावको अवस्था नाजुक

 

Buddha International Hospital

दिवाकर पोख्रेल

Advertise with us

देउखुरी, चैत  । अभावै अभावमा सञ्चालनमा आइरहेको दाङको लमही अस्पतालमा सुधार आउन सकेको छैन । २०७५ असार मसान्तपछि सञ्चालक समितिको विघटनसँगै अस्पतालमा सञ्चालक समिति नभएपछि केही समय अस्पताल सञ्चालनको विषयमा अन्यौता थपिएको थियो ।

नयाँ संरचना अन्तरर्गत अस्पातल सञ्चालनको लागि स्पष्ट नीति नहुँदा पनि अस्पताल सञ्चालनमा समस्या थपिएको छ । लमही नगरपालिकाले स्वास्थ्यसँग सम्बन्धी कार्यविधी नवनाउँदा पनि उत्तिकै समस्या भएको छ । स्थानीय सरकारको नाताले लमही अस्पतालाई संचालन गर्नको लागि लमही नगरपालिकाले पुर्ण जिम्मेवारी लिएर काम गरेको भएपनि अस्पतालको सेवा सुविधा प्रभावकारी हुन सकेको छैन ।

लमही अस्पतालमा ल्यावको अवस्था नाजुक नै छ । गर्भवती महिलालाई चेकजाँच गर्नुपर्ने सामान्य केमिकल समेत अस्पतालमा छैन । त्यतिमात्रै नभएर ल्यावबाट अहिले सामान्य रोगको समेत परिक्षण हुन नसक्ने अवस्था भएको छ । ल्यावमा तीन जना प्राविधिक रहेपनि रक्त समुह छु्ट्टाउने केमिकल अस्पतालमा नहुँदा अस्पतालमा सेवा लिन जाने सेवाग्राही नीजि स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता रहेको छ ।

अस्पतालका सुचना अधिकारी हरी खनालका अनुसार अस्पतालमा पाइने ७२ प्रकार निशुल्क औषधीमध्ये नौ थरीका औषधिको अभाव रहेको छ । फार्मेसीमा पनि पुर्ण रुपमा औषधि पाइदैन । एक्सरे मेसीनको सामान्य मर्मत समेत हुन नसकेका कारण बिरामीहरु अनेत्रैबाटै एक्सरे गर्नुपर्ने बाइता रहेको छ । यद्यपी एक्सरे मर्मत भएका कारण अबदेखी एक्सरेले काम गर्ने अस्पतालका प्रमख डाक्टर सरोज दर्नाले जानकारी दिनुभयो ।

अस्पतालमा औषधि र ल्यावको लागि आवश्यक सामाग्रीको अभाव रहेको स्विकार गर्दै प्रमुख दर्नालले आवश्यक प्रकृया पुरा गर्दै नगरपालिकाबाटै आर्थिक कारोबार हुने गरेको बताउनुभयो । ‘नगरपालिकामा औषधि अभाव भएको रिपोर्ट पठाएका छौ, केही दिनमै पुरा हुन्छ भनिएको छ’ प्रमुखले भन्नुभयो ।

यता नगरपालिका र अस्पताल बिचको अधिकार वाँडफाँडको हिसावले अस्पताल संचालनमा समस्या देखिएको छ । लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गहेन्द्रवहादुर डाँगीले अस्पताल रेखदेख सुपरीबेक्षणको जिम्मा भएपनि नियमित प्रशासनिक काम अस्पताल प्रशासनबाटै हुनुपर्ने बताउनुभयो । अस्पतालमा धेरै सुधार भएको दाबी गर्दै उहाँले औषधी र ल्यावको लागि खरिदको लागि टेण्डर प्रकया पुरा भएकाले केहिदिनमै देखिएको समस्या हल हुने बताउनुभयो ।

दैनिक कुकुरले टोकेका बिरामी अस्पतालमा

देउखुरीमा कुकुर आक्रमणको घटना बढेको छ । देउखुरीको एक मात्र अस्पताल लमही अस्पातलमा दैनिक २० जना भन्दा बढी कुकरले टोकेका विरामी जाने गरेका छन् ।

देउखुरीका राजपुर, राप्ती, गढवा गाउँपालिकाबाट दैनिक रुपमा कुकुरले टोकेका बिरामी लमही अस्पतालमा आउने गरेको लमही अस्पतालका सुचना अधिकारी सुचना अधिकारी हरि खनालले जानकारी दिनुभयो । लमही नगरपालिकाले यस क्षेत्रका छाडा कुकुरको विगबिगी बढेपछी कुकुर बन्ध्याकरण शिविर समेत सञ्चालन गरेको थियो ।

Advertise with us