लेखेर नथाकिने, एउटा कलम जीबि

पत्रकार÷स्तम्भकार

प्रस्तुती ः रीता लामा
घोराही । उमेरले ६ दशक नाघि सके । शरीर बुढो भैसक्यो । सुस्तसुस्त आँखा कमजोर हुदैछन । दौडधुप शरीरले सहन सक्दैन । तर उनको मेहेनत, लगनशिलता, खोज, अनुसन्धान र लेख्ने काम निरन्तर छ । उनी हरेक दिन लेख्दै गरेको भेटिन्छन । लेख्ने विषयवस्तु खोज्दै गरेको देखिन्छन ।

Buddha International Hospital
Advertise with us


घोराही निवासी पुराना पत्रकार केवि मसाल । लक्का जवान युवा जस्तै लेखेर नथाकिने एउटा मान्छे हुन । अझ भनौ उनी खोजिएको एउटा किताव हुन । उनको लेख्ने र खोज्ने आफ्नै शैलि छ, आफ्नै धार छ, छुट्टै विचार छ । र, त अरु भन्दा अलग धारको परिचान छ ।
उनले पत्रकारीता गर्न थालेको २५ बर्ष नाघ्यो । पत्रिकामा लेख्न थालेको त ४०को दशक देखि नै हो । तर उनी अझै पनि निरन्तर लेख्छन । लेखिरहन्छन । एउटा स्वतन्त्र लेखक, पत्रकार, खोजिकर्ता बनेर ।


पछिल्लो समय पत्रकारीताको खोल आडेर गरिएको क्रियाकलापप्रति उनको चित्त बुझदैन । पत्रिकारीता नगर्ने तर पत्रकार हुँ भन्दै हुकार छोडेर हिडेको देख्दा समेत उनलाई दिक्क लाग्छ । को मान्छे पत्रकार हो होइन भन्ने कुरा पाठकले समाचार लेखेको देखेर पढेर छुट्उने हो । आफै पत्रकार हुँ भन्दै हिडेर पत्रकार नभइने उनी बताउछन ।

लेखनको सुरुवात
२०१५ सालमा लमजुङको चिती भन्ने स्थानमा जमिएका मसाल २०३६ साल तिर निर्वाचन आयोगमा सरकारी जागिरे थिए । पछि जागिर छोडेर उनी शिक्षण पेसा तिर लागे । केही समय जनता माध्यामिक विद्यालय विजौरीमा गणित र विज्ञान पढाउए । काठमान्डौको पुलचोकी माविमा पनि पढाए ।

२०४१ तिरको कुरा हो । उनी काठमान्डौमा बसेर उच्च शिक्षा लिदै थिए । उसै समय उनलाई लेख्ने भुत चढ्यो । गोरखा पत्रमा विकासका विषयमा लेख लेख्न थाले । मुस्किलले चार, पाँच वटा लेख छापियो । त्यो समयमा पत्रिकामा लेख छाप्नु चान चुने कुरा थिएन । भन्छन ‘गोरखा पत्रले एउटा लेखको २५÷३० रुपैया दिन्थ्यो । आठ पैसामा चिया आउथ्यो । विद्यार्थीलाई त्यो पैसा धेरै ठुलो रकम हुन्थ्यो ।’ त्यो समयमा गोरखापत्रमा लेख छापिनु र पैसा पाउनु दुइ वटै ठुलै गर्वको विषय भएको उनी सुनाउछन ।


उनले जीवनकालमा धेरै काम गरे । भोगे । ‘मैले पत्रिकामा लेखेर मात्र होइन, अक्षर मिलाएर पनि पैसा कमाएको हुँ ।’ भन्छन ‘त्यस समय म बस्ने नजिकै चर्चा साप्ताहिक थियो । पत्रिका छाप्नको लागि अहिले जस्तो प्रविधि थिएन । फर्मा(अक्षर) मिलाउनु पथ्र्यो, एउटा फर्मा मिलाएको, ८ रुपैया पाइन्थ्यो । मैले त्यो काम पनि गरे ।’ त्यो पत्रिकामा कहिले काही समाचार पनि लेख्ने गरेको उनी सुनाउछन ।
२०४५ साल देखि उनी स्थायी रुपमा दाङ बस्न थाले । पत्रिकामा लेख्नेकाम निरन्तर गरे ।

२०५१ साल तिर लुम्विनी दैनिकमा दाङ समाचारदाता बने । दैनिक समाचार लेख्न थाले । लुम्बिनी दैनिकले दाङमा ठुलो बजार लियो । उनी सुनाउछन ‘दैनिक चार÷पाँच वटा समाचार दाङ कै छापिन्थ्यो । घोराहीमा मात्रै १९ सय पत्रिका बाडिन्थ्यो ।’ लुम्बिनी दैनिक कै कारण पत्रकार केवि मसालको चर्चा जिल्लामा ह्वात्तै बढ्यो ।

पछि उनले जनधारणा साप्ताहिक, प्रभातकालिन साप्ताहिक र समाचारपत्र दैनिकमा पनि समाचारदाता भएर काम गरे । सँगसँगै पत्रकार महासंघको नेतृत्वमा पनि लागे । पत्रकार महासंघको सुरुवात काल मै उनी सचिव बने । दुइ कार्यकाल सचिव बने पछि २०६१ साल तिर उनलाई अध्यक्षमा उमेद्वार बने ।

सुनाउछन ‘पत्रकार महासंघ डेरामा बस्थ्यो, महासंघमा नयाँ नेतृत्व चयनको लागि चुनाव हुने भयो । चुनावमा मेरो एक सुत्रिए नारा थियो, महासंघको आफ्नै घर बनाउने । त्यो नाराले लगाएर चुनावमा उत्रिए । जिते पनि ।’ महासंघमा पहिलो पटक निर्वाचित अध्यक्ष पनि हुन मसाल ।

निर्वाचित त भए तर उनी अरु पत्रिकाको समाचारदाता भएर काम गरिरहका थिए । अध्यक्ष भएकै समय एक जनाले उनलाई प्याच्चै भन्यो ‘महासंघको अध्यक्ष भन्छन, एउटा मिडिया चलाउन सकेका छैनन ।’ उनलाई यो कुराले विझ्यो, अनि पत्रिका निकाले । ‘राप्ती समाचार साप्ताहिक’ २०६१ सालमा सुरु गरेको राप्ती समाचार साप्ताहिक १२÷१३ बर्ष उनले निरन्तर एक्लै चलाए । अहिले यो पत्रिका दैनिक भएको छ । संचालक फेरिएका छन ।

द्धन्द्ध कालको पत्रकारीता
उनले पत्रकारीता सुरु गरे देखि नै नेपालमा ससस्त्र युद्धको सुरुवात भयो । २०५४÷५५ तिर उनी पत्रकार महासंघको नेतृत्वमा आइसकेका थिए । उनी सुरु मै सचिव बनेका थिए । उनी सचिव र सुसिल गौतम अध्यक्ष थिए । नेतृत्वमा भएको नाताले पनि सबै पत्रकारलाई समेटेर कार्यक्रममा लैजानु । समाचारको सुचना दिनु उनको दायित्व थियो ।

देशमा चरम द्धन्द्ध चलिरहेको थियो । सेना प्रहरीले पनि बोलाउथे । माओवादीले पनि बोललाउथे । दुवैको कार्यक्रममा जानुपथ्यो । समाचार लेख्नु पथ्यो । तर समाचार बनाउदा सधै प्रहरी, सेनाका हाकिम वा प्रमुख जिल्ला अधिकारीको भनाई राखेर मात्र प्रकाशन गर्न पाइन्थ्यो । नत्र स्पष्टीकरण दिनु पथ्यो । सेना, प्रहरी वा माओवादी दुवैले बोलाएमा जसरी पनि जानुपर्ने बाध्यता थियो । गएन भने केकारण आएन भनेर पटक पटक सोध्ने गर्थे । त्यही त्रासले पनि जानुपथ्यो । उनी सुनाउछन ‘पत्रकार भएको नाताले हामीलाई समाचार पनि चाहिने, माओवादीको गतिविधि हेर्न पनि मन लाग्ने । अनी हामी माओवादीले बोलाएको हरेक कार्यक्रममा पुग्थ्यौ ।’

माहोवादीको कार्यक्रममा सहभागि हुन कै लागि दाङका सबै ठाउँ पुगेको उनी सुनाउछन । दाङ बाहेक, बाके, बर्दिया, सल्यान, प्युठान, रोल्पासम्म पनि पुगेको उनी बताउछन । ‘माओवादीहरु आफै लिन आउथे । छोड्न आउथे, कार्यक्रममा पुग्यो भने सम्मान गरेर मञ्चमा बसाउथे । अनि हामी जान्थ्यो ।’ उनी भन्छन ‘माओवादीको कार्यक्रममा गयो भने उनीहरुको अनुसानमा, नियममा बस्नु पथ्यौ । हामी त्यसै गथ्यौ ।’

द्धन्द्धकालमा अरु सबै निकाय चपेटामा परे पनि संचारकर्मी र मानव अधिकारकर्मीलाई भने सापेक्षित रुपमा तत्कालिन हतियारधारी माओवादी होस वा सुरक्षा निकाय दुवैले सम्मानजन व्यवहार गर्ने गरेको उनको अनुभव छ । सेनाका हामीकहरु केही खरो रुपमा प्रस्तुत भए पनि माओवादी पक्ष भने उनीहरुलाई आदरसम्मान नै गर्ने गर्थै ।

राजनीतिक
उनी कुनै पनि पाटीमा खुलेर देखिएनन । विद्यार्थी कालमा स्वतन्त्र विद्यार्थी युनियनमा लागेर उनले राजनीति गरे । तर पत्रकारीमा उनी कुनै पनि धारमा देखिएनन । धेरै पाटीका नेता कार्यकर्तालाई उनलाई पाटीमा आउनको लागि आग्रह नगरेका होइनन । पत्रकार महासंघको चुनावमा पनि उनलाई पाटीमा आउनको लागि आग्रह गरिएको थियो । तर उनले मानेनन ।

तत्कालिन माओवादीका नेता, हाल नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्राइले समेत उनलाई पटक पटक आफ्नो पाटी निकट संचार माध्याममा काम गर्न अनुरोध गरका थिए ।

भन्छन ‘द्धन्द्ध काल मै केवि मसाल सम्पादक भनेर नाम राखेर ‘जनयुद्ध’ भन्ने म्याजेजिन पत्रिका तीन अंकसम्म प्रकाशन भएछ । मैले पनि मात्रै थाहा पाए ।’ काठमान्डौ मै गएर अव यसो नगर्नुस भने पछि त्यो पत्रिका निस्किन छोड्यो ।

उनले राजनीतिलाई नजिकबाट बुझेका छन तर लेख्न पटक्कै मन लाग्दैन । भन्छन ‘राजनीतिक लेख लेखलेख्दा घोचपेच गर्नुपर्छ । त्यो सबैलाई पच्दैन, अरुको आँखी भैइन्छ । त्यसैले ठिकलाग्दैन ।’ उनको विचारमा कला, साहित्य, पर्यटनको भन्दा राजनीतिक लेख चाडै बासी हुने भएको हुदाँ पनि त्यस्ता लेख लेख्न मन लाग्दैन ।

अझै निरन्तर लेख्दै
उनी अहिले पनि दर्जन बढी साप्ताहिक एवम दैनिक पत्रिकामा निरन्तर स्तम्भ लेख्छन ।
हाल उनले घोराहीबाट प्रकाशन हुने युगबोध दैनिक, नागरिक दैनिकको पश्चिमेली, राजधानी दैनिक, दैनिक पत्र बुटवल, अन्तरङग साप्ताहिक लमजुङ, स्वतन्त्र शक्ति साप्ताहिक लमजुङ, आदर्श समाज पोखरा, प्रदेश टुडे दैनिकमा पर्यटन र सांस्कृतिक विटमा आफ्ना लेखहरु प्रकाशन गरिरहेका छन । जिल्लाका अरु केही पत्रिकामा पनि उनले निरन्तर लेखे तर पैसा नदिए पछि छोडे । उनले अहिले लेख लेखेर पनि राम्रै कमाइ गरिरहेका छन ।

हाल संलग्नता
नेपाल स्तम्भकार समाजको अध्यक्ष, घोराही उप महानगरपालिका पर्यटन समितीको सदस्य, नागरिक समाज दाङको सदस्य, मानवअधिकार संरक्षण प्रतिष्ठान नेपाल दाङको अध्यक्ष, राप्ती साहित्य परिषद दाङको आजीवन सदस्य, नेपाल अपागं संघको आजीवन सदस्य, नेपाल रेडक्रस सोसाइटी दाङको आजीवन सदस्य, ब्लड डोनर एशोसिएशन दाङको सस्थापक संयोजक, पत्रकार महासंघ दाङको केन्द्रिय पार्सद, स्वतन्त्र पत्रकार संघको केन्द्रिय पार्सद लगायतका सघसस्थामा आवद्ध रहेका छन ।


पुरस्कार एवं संमान,
नेपाल पत्रकार महासंघ दाङ शाखा प्रतिभा पुरस्कार, शान्ती पुरस्कार । बिभिन्न संघ÷सस्थाबाट दर्जनौ पुरस्कार र संमान प्राप्त ।
भ्रमण
नेपालको ७७ बटै जिल्लाको भ्रमण । भारत लगायत क्यानडा, र अन्य बिभिन्न १४ देशको भ्रमण ।
पारिवारिक अवस्था
एक छोरा, एक छोरी र श्रीमती