हिन्दुजागरण अभियानमा राप्रपा संयुक्तका अध्यक्षद्धय दाङमा

राष्ट्रिय प्रजातन्त्रपाटी (सयुक्त)का अध्यक्षद्धय दाङमा आउनुभएको छ । हिन्दुजागरण अभियान एवम कार्यकर्ता प्रशिक्षणको शिलशिलामा दाङ आउनुभएका अध्यक्ष द्धय पशुपति शमशेर जवरा र प्रकाशचन्द्र लोहनीले आफुहरुले राजसस्था सहितको हिन्दु राज्य स्थापित गराएरै छोड्ने बताउनुभयो ।
मुलुकले चाहेको हिन्दु राज्य कांग्रेस र कम्युनिष्टले निमिट्यान्न पारेको आरोप लगाउदै दुवै अध्यक्षले अव आफुहरुले देश व्यापी अभियान थालेर भए पनि यसलाई स्थापित गर्ने दावि गर्नुभयो ।

Buddha International Hospital
Advertise with us


राष्ट्रिय प्रजातन्त्र पाटी(संयुक्त) जिल्ला कार्यसमिती दाङले आइतवार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यत्रममा पत्रकारहरुसँग कुरा गर्दै दुवै अध्यक्षले अब आफुहरुले कहिले नछुटिने गरि पाटी एकिकरण गरेको र अव दुवै अध्यक्ष मिलेरै देशमा हिन्दु राज्यको पक्षमा जनमत तयार गर्ने दावि गरे । साथै उहाँहरुले सबै जनतालाई यस कै पक्षमा उभिन समेत आग्रह गर्नुभयो ।
पत्रकारहरुसँग हिन्दु राज्य र सरकारको बारेमा आफ्नो धारणा राखेका अध्यक्षद्धयले सरकारको खरो रुपमा विरोध गरेका थिए । दुवै अध्यक्षले सरकारले जनमतको कदर गर्न नसकेको आरोप लगाएका थिए भने भ्रष्टाचार बढेको दावि गरेका थिए ।
राप्रपा संयुक्तले घोराहीमा पाटी प्रवेश एवम कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरिरहेको छ ।

Advertise with us