‘तन्नेरी गुरु’

Advertise with us

रीता लामा
घोराही १८ निवासी २३ बर्षिया अमृत पन्थी अहिले देशका विभिन्न भागमा हुने महायज्ञहरुमा कथा वाचन गरिरहेको भेटिनुहुन्छ । ज्योतिश शास्त्र(एस्ट्रोलोजी)मा शास्त्री(व्याचर) गरे पछि उहाँको नाम फेरिएको छ । अमृत शरण देवाचार्य । उहाँ अहिले जहाँ पुगे पनि त्यही नामले परिचित हुनुहुन्छ ।

Buddha International Hospital
Advertise with us


घरका ६ भाइ मध्ये उहाँ राइलो छोरा हुनुहुन्छ । दाजुहरु सबै आआफनो पेसामा छन । उहाँको पनि अहिले आफ्नो छुटटै पेसा, नाम र पहिचान तय भएको छ । आम युवाले गरिरहेको पेसा भन्दा फरक पेसा । कथा वाचन गर्ने गुरु । उहाँ गुरु भएको दुइ बर्ष भयो होला । यस बीचमा उहाँ देशका २७ जिल्लामा पुगेर दर्जनौ महायज्ञमा बाचक र सहवाचकको रुपमा काम गरे । सानै उमेरमा सबै ठाँउमा गुरुको उपमा पाउदाँ उहाँ दंङ्ग हुनुहुन्छ ।


उहाँले विश्वकै पुरानो भाषा मानिएको संस्कृत पढ्नुभएको छ । तर आफुहरुलाई प्रगतिशिल भन्न रुचाउनुहुन्छ । सानै उमेरमा यति धेरै प्रगति कसरी सम्भव भयो ? उहाँ सुनाउनुहुन्छ ‘मेरो सबै परिवार प्रगतिशिल भएरै यो सम्भव भएको हो ।’ उहाँ थप्नुहुन्छ ‘बुवाआमा, दाजु र दिदिहरुमा प्रगतिशिल सोच भएरै मैले नयाँ पेसा रोज्न पाए ।’

धेरै सन्तान, आर्थिक समस्याको कारणले सानै उमेर देखि आफै कमाउने र पढ्ने गर्नुपरेको उहाँ सुनाउनुहुन्छ । सानोमा पनि बालबालिकालाई ट्युशन पढाएर आफुले पढेको हुँ । उहाँ भन्नुहुन्छ ‘अहिले पनि आफ्नो खर्च आफै जोहो गरिरहेको छु ।’

गुल्मी जिल्लाको धुरकोट, भनभने भन्ने ठाउँमा जन्मिएर कक्षा ६ सम्म त्यही अध्ययन गरेका अमृत शरण त्यस पछि दाजुहरुसँग दाङ झर्नुभयो । कक्षा १० सम्म घोराहीको सामुदायिक विद्यालय पद्मोदय उमाविमा अध्ययन गर्नुभयो । त्यस पछि सुरु भयो उहाँको नयाँ शिराको अध्ययन । उहाँलाई आफ्नै इच्छाले संस्कृत पढ्न रुचि जाग्यो । १० पास पछि संस्कृति विश्वविद्यालय जनता क्याम्पस विजौरीमा कक्षा ११ र १२ त्यही पढ्ने । कक्षा १२मा कजेल टप भए पछि उहाँ भारतको बनारस स्थित सम्पुर्णानन्द विश्व विद्यालयमा तीन बर्षे शास्त्री पास गनुभयो । त्यहाँ उहाँले ज्योतिश शास्त्र, जीवन दर्शन पढ्नुभयो ।

त्यहाँबाट फर्केर २०७० साल तिर नेपालको देवघाटमा गुरुहरु महेश सन्यास र केशव पौडेलको आश्रममा पुगेर कर्मकाण्ड सिक्नुभयो । उहाँलाई त्यती पढाइले पनि पुगेन । फेरी भारतको उत्तर प्रदेशमा पर्ने विन्द्रावनमा पुगेर श्रीमदभागवत पढ्नुभयो ।


अहिले उहाँ बनारसमा आचार्य प्रथम बर्षमा भर्ना हुनुभएको छ । उहाँलाई फलित ज्योतिश अर्थात आचार्यमा पिएचडि गर्ने धोको छ । २३ बर्षको उमेर मै कथा बाचन गर्दै हिड्ने अमृत शरण त्यही कथा बाचनबाट महिनामा लाखौ कमाउनुहुन्छ । ‘हामीले पैसा तोक्दैन दंक्षिणा मात्र लिने हो ।’ उहाँ भन्नुहुन्छ ‘त्यही कथा वाचनको पैसाले किताव किन्ने, कलेजमा मासिक शुल्क बुझाउने र गोजी खर्च धानिरहेको छु ।’

उहाँको निकै व्यस्त समय तालिका छ । माघको ३ गते देखि १० गतेसम्म घोराहीमा कथा वाचन गर्नुभयो । त्यस लगत्तै घोराही कै रावत गाउँमा उहाँ प्रमुख वाचक भएर कथा बाचन गर्दैहुनुहुन्छ । त्यसपछि रोल्पाको होलेरी, अर्घाखाचिको धारापानी, दोलखाको चरीकोट, रामेछापको मन्थली र प्युठानमा प्रमुख वाचक बनेर कथा भन्ने तालिक अहिले नै तय भैरसकेको छ ।

उहाँले पुराणका १८ भागहरु सबै जानेको बताउनुहुन्छ । श्रीमदभागवत महापुराण, शिव पुराण, देविपुराण, गणेश पुराण विशेष प्रथामिकतामा राखेर बाचन गर्नुहुन्छ । अहिले उहाँ आफुले पनि एउटा संस्थाको स्थापना गर्नुभएको छ । अमृत शिक्षा धर्म प्रवर्धन समुह जहाँ हिन्दु धर्मको रक्षाको लागि प्रयास गरिने छ ।

उहाँले आम युवाहरुलाई जुनसुकै पेसा, व्यवसाय वा रुचि भए पनि त्यसमा दत्तचित्त भएर मेहेनत गर्न सुझाउनुहुन्छ । मेहेनत विना कतै पनि सफल नहुने उहाँको तर्क छ ।