पुर्नस्थापना गृह रित्तै

घोराही,  । सरकारको गम्भिर प्रकृतिको अपांगता भएकाहरुको लागि प्रत्येक प्रदेशमा अपांग पुर्नस्थापना गृह संचालनमा ल्याउने नीति अगाडी सारेको छ । विशेष गरि गम्भिर प्रकृतिका विरामी भएकाहरुलाई परिवार, समाजमा हेला हुने र उनीहरुले पीडाको जीवन जिउनुपर्ने बाध्यतालाई कम गर्नको लागि सरकारले पुर्नस्थापना गृहको अवधार अगाडी सारेको थियो ।

Buddha International Hospital


Advertise with us
सोही नीति अनुरुप दाङको घोराही उपमहानगरपालिका वडा नम्वर १४ झिगौरामा प्रदेश स्तरिय पुर्नस्थापना गृहको स्थापना गरिएयो । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रको संयोजनमा स्थापना गरिएको प्रदेश स्तरिय पुर्नस्थापना गृहको स्थापना गरिएको थियो । जुन गृहलाई गत कात्तिक ९ गते विधिवत रुपमा उत्घाटन गरिएको थियो । पुर्नस्थापना गृहलाई प्रदेश नम्वर पाँचका प्रदेशसभाका सदस्य अमरबहादुर डागीले उत्घाटन गरेका थिए ।


‘अव देखि अपांगता भएर हेलामा परेका, समस्यामा परेकाहरुले पुर्न जीवन पाउने भए’ भवनको उत्घाटन गर्दै सांसद डागीले भनेका थिए । तर उत्घाटन गरेको पाँच महिना पुगिलाग्न सक्दा समेत पुर्नस्थापना गृह रित्तै छ । पुर्नस्थापना गृहमा न अहिले कुनै सुसारे छन नत अपांगता भएका व्यक्तिहरुले त्यहाँ बस्ने अवसर पाएका छन ।

‘क’ वर्गको परिचयपत्र पाएका, आर्थिक रुपमा अशक्त अपांगता भएकाहरुलाई राख्नको गृहको पाँच महिना अगाडी भवन तयार पारिएको थियो । जसको लागि भान्छे, सुसारे र फिजियोथेरापिष्ट सहित ६ जना कर्मचारीको व्यवस्था गर्ने उत्घाटनको क्रममा जानकारी गराइएको थियो । तर भवन अभैm रित्तै छ ।

उत्घाटनको क्रममा पुर्नस्थापना गृह संचालन समितीकी सदस्य भुमा चौधरीकाले तत्कालका लागि पुर्ण रुपमा शारिरीक अपांगता भएर, अभिभावक विहिनहरुलाई केन्द्रमा राखिने जानकारी गराएकी थिएन । पहिलो चरणमा करिव १० जना पुर्ण रुपमा अपांगता भएका(क वर्ग)हरुलाई फिजियोथेरापी सहितको ६ जना कर्मचारीको व्यवस्था गर्ने स्वास्थ्य उपचार, गाँस, वास र स्याहार सुसारको व्यवस्था गर्ने भनेर जानकारी दिएकी थिइन ।

तर तत्कालन गर्ने भनिए पनि भवनमा अहिलेसम्म एक जना अपांगता भएकाहरुले आश्रय पाउन सकेका छैनन ।
केन्द्रका अध्यक्ष श्रीमणी न्यौपानेले पुर्नस्थापना गृह निर्देशिकामा उल्लेख भए अनुसार केही गृह कार्य गर्नुपर्ने देखिएको छ । जुन अपुरो छ । जस्तै स्थानिय तहसँगको छलफल, समन्वय, अपांगता भएकाहरुको सिफारिस आवश्यक पर्ने, स्थानिय तहको सिफारिस भए मात्र पुर्नस्थापना गृहमा अपांगता भएकाहरुलाई राख्न सकिने छ ।

चाडो भन्दा चाडो अपांगता भएकाहरुलाई राख्नको लागि आफुहरु छलफल, बैठक भैरहेको उनले बताए । उनले केही समय पछि अपांगता भएकाहरुलाई पुर्नस्थापना गृहमा राखेर निशुल्क सेवा दिइने छ । यस्तै अध्यक्ष न्यौपानेले पुर्नस्थापना गृह स्थापनाको लागि प्रदेश, स्थानिय सरकारको सहयोग पनि आवश्यक भएको र त्यो नपाएको बताए ।

पहिलो चरणमा आफ्नो सस्था अपांग पुर्नस्थापना केन्द्र र नेपाल अपांग संघको केन्द्रिय कार्यालयको सहयोगमा नै संचालन गर्ने बताए । ‘केन्द्रबाट केही बजेट पाएका छौ, हामीसँग केही छ । तत्कालको लागि त्यहीबाट संचालन गर्छौ ।’

Advertise with us