साधारण सभाको अवसरमा मैत्रिपुर्ण प्रतियोगीता

दाङ, २ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायिहरु विच मैत्रिपुर्ण खेलहरु भएका छन् । संघको साधारण सभाको अवसर पारेर प्रतियोगीताहरु आयोजना गरीएको हो । संघमा अवद्ध वस्तुगत समितीहरु विच प्रतियोगीता आयोजना गरीएको उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।

Buddha International Hospital

Advertise with us

खेलको माध्यम वाट व्यवसायिहरु लाई आपसरमा चिन जान, सिकाइ तथा रमाइलोका लागि प्रतियोगीताहरु आयोजना गरीएको संघले जनाएको छ । प्रतियोगीताको एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरीएको हो । कार्यक्रमको उद्घाटन घोराही उप महानगर पालिकाका प्रमुख नरुलाल चौधरीले गरेका थिए । कार्यक्रमको उदघाटन गदै नगरप्रमुख चौधरीले खेल क्षेत्रको विकासका लागि सवै मिलेर अगाडि वढनु पर्ने बताए । ‘एक्लो प्रयासले मात्र खेल क्षेत्रको विकास हुदैन’ प्रमुख चौधरीले भने ।

खेल क्षेत्रलाई अगाडि वढाउन सवैको सहयोग आवस्य रहेको उनको भनाइ रहेको छ । स्वस्थ्का लागि खेल आवस्यक रहेको उनले बताए । खेल लाई मर्यादित वनाएर अगाडि वढाउनु पर्ने समेत चौधरीको भनाइ छ । कार्यक्रममा वोल्दै दाङ जिल्ला फुटवल संघका महासचिव नरेन्द्र पुनले खेलको विकासका लागि व्यवसायिहरुले सहयोग गरेको बताए ।

यस प्रकारको सहयोग निरन्तरता दिन समेत आग्रह गरे । कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले संघले फुटवल लाइ उद्योग वाणिज्य संघ कप अनुसार हरेक वर्ष सञ्चालन गरीने बताए । उद्घाटन कार्यक्रमको सहजिकरण संघका महासचिव नरेश कार्कीले गरेका थिए । मैत्रिपुर्ण फुटवल प्रतियोगीतामा ८ वटा समुहको सहभागिता रहेको फुटवल प्रतियोगीताका संयोजक मिनराज भाटले जानकारी दिए ।

प्रतियोगीताका विजेता लाई संघको साधारण सभामा पुरस्कार प्रदान गरीने संघका कोषाध्यक्ष शुसिल पोख्रेलले जानकारी दिए । त्यसै गरेर मैत्रिपुर्ण कुसी दौडमा सुरक्षित कुखुरा तथा दाना व्यवसायि समितीका सुन्दर वस्नेत प्रथम, राप्ति अंचल लिर्कस एशोसियसनका तेजवहादुर पौडेल (विश्व) द्धितीय र उद्यमी महिला समुहका प्रभा वली तृतीय भएका थिए ।

प्रतियोगीतामा ४१ जनाको सह भागिता रहेको संघका कार्यालय प्रमुख सुरज वुढाथोकीले जानकारी दिएका छन् । संघको आयोजनामा यस अघि स्लोक प्रतियोगीता तथा हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भए सकेको छ । त्यसैगरेर जिल्लाका राजमार्ग सिमाना अमिलीया र धान खोलामा वार्ड समेत राखिएको संघका वाणिज्य उपाध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए । संघको साधारण सभा यही चैत ९ गते हुने संघका महासचिव नरेश कार्कीले जानकारी दिए ।