राप्ती आवासियमा निःशूल्क स्वास्थ्य शिविर सम्पन्न

दाङ, चैत २ । राप्ती आवासिय माध्यमिक विद्यालय घोराहीले शनिबार एक दिने निःशूल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । विद्यार्थी, अभिभावक, शिक्षकका लागि शिविरको आयोजना गरिएको विद्यालयले जनाएको छ ।

Buddha International Hospital

Advertise with us

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बुढाथोकीको अध्यक्षतामा भएको शिविरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डाक्टर प्रितम डिसी, डाक्टर छवि खड्का, डाक्टर समिक्षा डिसी रमनिष खनालले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

शिविरमा साढे ३ सय विद्यार्थी, २ सय ४० जना अभिभावक, २१ जना शिक्षक र १ सय ३ जना टोलबासीको स्वास्थ्य परिक्षण गरिएको विद्यालयका प्रिन्सिपल भिमबहादुर एम.सी. ले जानकारी दिनुभयो । उहाँका अनुसार जटिल समस्या देखिएका बिरामीहरुलाई डाक्टरहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेका थिए ।

यसैबीच विद्यालयले एक कार्यक्रमका बीच शिविरमा सहभागी डाक्टरहरुलाई सम्मान गरेको छ । विद्यालयका अध्यक्ष गणेश बुढाथोकीले डाक्टरहरुलाई प्रसंसा पत्रले सम्मान गर्नुभएको छ । कार्यक्रमममा डाक्टर प्रितम डिसीलगायतले बोल्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका सल्लाहकार दामोदर गिरीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजीकरण प्रिन्सिपल भिमबहादुर एम.सी.ले गर्नुभएको थियो ।

Advertise with us