जेसिजको वकतृत्वकला प्रतियोगितामा भण्डारी प्रथम

Advertise with us


घोराही, चैत २ । दाङ महिला जेसीजको आयोजनामा शनिवार घोराहीमा नेतृत्वको लागि महिला भन्ने बिषयक बकतृत्व कला प्रतियोगितामा दाङ महिला जेसीजका सदस्य जेसी बसन्ता भण्डारी प्रथम हुनु भएको छ । जेसिजले आफ्नै सचिवालयमा आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता दाङ महिला जेसिजको अध्यक्ष जेसी रेखा शर्माले गर्नु भएको थियो ।

Buddha International Hospital
Advertise with us

दाङ महीला जेसिजका पूर्ब अध्यक्ष जेसी बिना बीसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रमको संयोजन जेसी बसन्ती सुबेदीले गर्नु भएको थियो ।

कार्यक्रममा आस्थापाठ उपाध्यक्ष जेसी जून कुमारी बुढाले गर्नु भएको थियो भने प्रतियोगिताको निर्णायक मण्डलमा पूर्ब अध्यक्ष जेसी बिना बीसी रहनु भएको थियो । दाङ महिला जेसिजको बकतृत्वकला प्रतियोगितामा २० जनाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा दाङ महिला जेसीजका सदस्य जेसी बसन्ता भण्डारी प्रथम हुनु भएको थियो । कार्यक्रममा पूर्ब अध्यक्ष जेसी नीरजा पोख्रेल र बिमला शर्मा लगायतले बोल्नु भएको थियो । कार्यक्रम सहजिकरण महासचिव जेसी अनीता ढकालले गर्नु भएको थियो ।