मगर भेषभुषा प्रतियोगितामा सभामुख महरा (फोटो फिचर)

 

Buddha International Hospital

 

Advertise with us

रीता लामा
संघिय संसदका सभामुख कृष्णबहादुर महराले जातिय संस्कारलाई झल्काउने खालका कार्यक्रमले राष्ट्रियतासँग जोडिएको सांस्कृतिक सम्पतिलाई पहिचानमा ल्याउन भुमिका खेल्ने बताए । साथै उनले यस्ता भेषाभुषा संस्कारलाई जोगाउने खालका कार्यक्रम निरन्तर गर्नको लागि आयोजकलाई आग्रह समेत गरे ।


मगर भाषा, संस्कुति प्रतिष्ठान केन्दिय समिती दाङले शनिवार घोराहीमा आयोजना गरेको मगर संस्कार संस्कति संरक्षण तथा सम्वर्धनको लागि मगरात साँस्कुतिक भेषभुषा प्रतियोगिता कार्यक्रमको उत्घाटन गर्दै महराले सबै धर्म, भाषा, भेषभुषा संरक्षणको गर्ने कुरा नेपालको संविधानमा उल्लेख गरेको र संविधानले महत्व दिएको कुरालाई सबै जातजातिले महत्व दिएर लाग्नुपर्ने बताए ।

उनले मगर भाषा, संस्कुति प्रतिष्ठान केन्दिय समिती दाङलाई गत बर्ष व्यक्तिगत रुपमा ५० हजार रुपैया सहयोग गरेको र यसबर्ष पनि ५० हजार रुपैया सहयोग गर्ने घोषणा गरे ।

 

 

यस्तै कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालीकाका प्रमुख नरूलाल चौधरीले भेषभुषा र संस्कति संरक्षणको लागि उपमहानरपालिकाले छुट्टै नीति निर्माण गरेको र सोही अनुसार काम गरिरहेको जानकारी दिए । उनले जातिय पहिचानसँग जोडिएको संस्कृति राष्ट्रको साझा सम्पत्ति भएको बताए ।

प्रत्येक भुगोल अनुसार नेपालमा फरक फरक संस्कृति भएको हुदाँ देशको पर्यटन, आर्थिक विकासको लागि पनि त्यसलाई पहिचानमा ल्याउनुपर्ने बताए । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष कृतिमान पुन मगरले पछिल्लो पुस्तालाई आफ्नो भाषा र भेषभुषाप्रति लगाव बढाउनको लागि आफुहरुले यस्तो खालको कार्यक्रमको सुरुवात गरेको बताए ।

 

प्रतियोगितामा पुरुषतर्फ पूर्णजङ पुन प्रथम र त्रिलोक पुन द्धितीय तथा महिलातर्फ खुशी पुन प्रथम र प्रेरणा रोका द्धितीय भएका थिए ।
कार्यक्रममा प्रतियोगितामा विजयी भएकाहरुलाई घोराही उपमहानगरपालीकाकाकी उपप्रमुख सीता सिग्देल न्यौपानेले पुरुस्कार वितरण गरेकी थिइन ।

कार्यक्रममा वडा नम्वर १४ का वडा अध्यक्ष शक्तिराम डागी, ५ नम्वर वडाका अध्यक्ष विष्णुमणी दाहाल, वडा नम्वर ७ खोपिराम चौधरी, वडा नम्वर ११का मानबहादुर बस्नेत, १७ का खुसीराम चोैधरी लगायतको सहभागिता रहको थियो । कार्यक्रममा मधेसी समुदाय, थारू समुदाय र गुरुङ समुदायको नाच पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रम संचालको लागि घोराही उपमहानगरपालिका वडा नम्वर १४ले आर्थिक सहयोग गरेको थियो । कार्यक्रमको सहजिकरण प्रकाश पुनमगरले गरेका थिए ।

 

 

Advertise with us