अप्राकृतिक रुपमा माछा मारिदै

दिवाकर पोख्रेल

Buddha International Hospital

देउखुरी, चैत्र । स्थानीय जातका माछा जोगाउने काममा स्थानीय नागरिकहरु समुह बनाएरै सक्रिय भएका छन् । माछाको नामबाट समुहको नामाकरण गरी स्थानीय नागरिकले माछा जोगाउने अभियान थालेका हुन ।

Advertise with us

नदी तथा खोलाहरुमा अप्राकृतिक तरिकाबाट माछा मार्दा जलिय विविधतामा असर पर्ने भन्दै स्थानीयहरु सकृय भएका हुन । राप्ती नदीमा अप्राृकतिक हिसावले माछा मार्ने क्षेत्रको पहिचान गरि त्यस्तो क्षेत्रमा सचेतना सहतिको होडिङ बोर्ड राख्न समेत उनिहरु सक्रिय छन् ।

पानी परियोजना अन्तरगर्त गढवा गाउँपालिकाको समन्वय र मानवकल्याण तथा बाताबरण संरक्षण केन्द्रको आयोजनामा यस्तो काम भइरहेको हो । राप्ती नदीको जलिय जैविक विविधता संरक्षण गर्ने रदिगो आर्थिक विकास गर्ने उदेश्य अन्ुसार माछा संरक्षण कार्यक्रम अभियान चालिएको मानकल्याण तथा बातावरण संरक्षण केन्द्रका परियोजना संयोजक प्रदिप मैजगैँयाले जानकारी दिनुभयो ।

जान्ने बुझने मानिसहरुबाटै नदीमा बम मान्ने, विषादी प्रयोग गर्ने र करेन्ट लगाउने जस्ता कार्य गरेको भन्दै यस्तो कार्य रोक्न स्थानीय सरकार सकृय हुन आवश्यक रहेको उहाँको भनाइ थियो । स्थानीय सरकारले जलिय विविधता संरक्षण सम्बन्धी ऐन बनाएपनि त्यसको पुर्ण कार्यान्यन हुन नसकेको माछा संरक्षण अभियान्ताको भनाइ छ ।

रावा माछा संरक्षण समितिकी उपाध्यक्ष धनकुमारी चौधरीले विदा मनाउने र रमाइलोको लागि माछा मार्ने काम गरिहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । स्थानीय जनप्रतिनिधी र माछा संरक्षण समहुको सकृयता अप्राकृति हिसावले माछा मार्ने स्थानको पहिचान समेत गरिएको छ । जसमा राप्ती नदीको लमही गढवा पुल क्षेत्र र मध्यनगर भोजपुर क्षेत्रलाई संवेदनसिल क्षेत्रको रुपमा लिएका समुहकी उपाध्यक्ष चौधरीलले जानकारी दिनुभयो ।

Advertise with us