गुणस्तरिय शिक्षाका लागि विद्यालय अभिभावकको सहकार्य आवश्यक


दाङ, चैत १ । गुणस्तरिय शिक्षाका लागि विद्यालय र अभिभावकको सहकार्य अत्यावश्यक भएको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । किड्स ब्राइट फ्यूचर बोर्डिङ स्कुल घोराही–१६ ले शुक्रबार आयोजना गरेको अभिभावक सचेतना कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालय र अभिभावकको सहकार्य भएमा मात्रै शैक्षिक गुणस्तर बृद्धि हुने बताएका हुन् ।


Advertise with us
शैक्षिक गुणस्तरका लागि अभिभावकको भूमिका बढाउनका लागि आयोजना गरिएको सचेतना कार्यक्रममा योगाचार्य रविन्द्र बस्नेतले बालबालिकालाई असल नागरिक बनाउनका लागि उनीहरुलाई संस्कारयुक्त बनाउनुपर्ने बताउनुभयो । संस्कारले विद्यार्थीलाई पठनपाठनतर्फ रुचि जगाउने हुँदा विद्यालय र अभिभावकको सहकार्यबाट विद्यार्थीहरुलाई संस्कारयुक्त बनाउनुपर्ने बताउनुभयो ।

Buddha International Hospital


दिन प्रतिदिन बालबालिकाहरु कुलतमा फस्दै गएको भन्दै बस्नेतले उनीहरुलाई दुव्र्यसनबाट बचाउन संस्कारयुक्त शिक्षाको अनिवार्यता रहेको बताउनुभयो । कार्यक्रममा नार्कोननका प्रदेश संयोजक प्रमुख वसन्त घर्तीमगरले बालबालिकालाई कुलतबाट बचाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । विद्यालयले मात्रै चाहेर बालबालिकाहरु दुव्र्यसनमुक्त नहुने भन्दै घर्तीमगरले विद्यालय र अभिभावकको सहकार्यबाट नै बालबालिकालाई दुव्र्यसनमुक्त बनाउन सकिने बताउनुभयो ।

कार्यक्रममा निमानन्द गैरेरे बाल मनोविज्ञान नबुझ्ने हो भने उनीहरुलाई चाहे अनुरुपको बनाउन नसक्ने बताउनुभयो । शिक्षक र अभिभावक दुवैले बाल मनोविज्ञान बुझेर सोही अनुरुपको व्यवहार गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजेन्द्रप्रसाद पाण्डेले विद्यालयले गरेका गतिविधि र अभिभावकले खेल्नुपर्ने भूमिकाको बारेमा प्रकाश पार्नुभएको थियो । विद्यालयका कार्यवाहक अध्यक्ष गणेशप्रसाद आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Advertise with us