९१ जना बालबालीकालाई शैक्षिक सामाग्री सहयोग

Advertise with us

घोराहि , फागुन। दाङको घोराहिमा रहेको मदरसा दारुल हुदा अल्सल्फिया स्कुल जामे मस्जिद का बालबालिकाको शिक्षामा सहयोग पुर्याउने हेतुले घोराहिमा रहेको अल्फा इन्लिश बोर्डिङ स्कुलमा अध्यनरत कक्षा ८ ए का विद्यार्थीले अाफ्नो खाजा खर्च कटाएर एक कार्यक्रमकाबीच शैक्षिक सामाग्री प्रदान गरेको छ ।

Buddha International Hospital

Advertise with us

सरकारले शिक्षालाई निशुल्क गरेको भए पनि सामान्य कापी, कलम, लगायतका सामाग्री आफै खरिद गर्नुपर्ने अवस्था रहेकोमा सो लाई मध्यनजर गर्दै विद्यार्थीको आयोजनामा यहाँका ९१ जना भन्दा बढी बालबालीकालाई शैक्षिक सामाग्री कापि , कलम ,ईरेजर पेन्सिल लगायत शैक्षिक सामाग्री उपलब्ध गराइएको हो ।

घोराहि आर्थीक रुपमा सम्पन्न रहेपनि यहाँ विपन्न तथा पिछडिएका बर्गको पनि बसोबास रहेको र उनिहरुकै सन्तानको शिक्षामा सहयोग पुर्याउन सामाग्री उपलब्ध गराइएको अल्फा इङ्लिस बोर्डिङ कक्षा ८ ए का कक्षा शिक्षक तिलकराम अधिकारीले बताउनुभयो ।

कार्यक्रममा शिक्षक तिलकराम अधिकारी ले शैक्षिक सामग्रीको अभावमा कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर सामग्री हस्तान्तरण गरेको बताउनु भयो।कार्यक्रममा मदरसा बिद्यालय का प्रधानाध्यापक ममता खत्रि अल्फा बोर्डिङ का शिक्षक गुरुप्रसाद केसि लगायत ले आफ्नो धारणा राख्नु भएको थियो।