लाहुरे बन्न चाहनेका लागि निशुल्क गोष्ठी हुदै

घोराही, १ चैत । लाहुरे बन्न चाहने युवायुवतीहरुका लागि आज घोराहीमा निशुल्क फ्रि गोष्ठी हुने भएको छ । सल्युट गोर्खा टे«निक सेन्टर प्रा.लि.को आयोजनामा घोराहीको कर्मचारी मिलन केन्द्रमा गोर्खा लाहुरे सम्वन्धी जानकारी तथा उत्प्रेरेणादायि कार्यक्रम हुन थालेको हो ।

Buddha International Hospital


Advertise with us
उत्पे्रणाका साथै ब्रिटिस आर्मी, सिंगापुर पुलिस र इण्डियन आर्मी भर्ति सम्वन्धी सूचनामुलक कार्यक्रम गर्न थालेको सल्युट गोर्खा टे«निङ सेन्टर प्रालि क्षेत्रीय कार्यालय घोराहीका निर्देशक बालकृष्ण रावलले जानकारी दिए । शनिवार विहान १० बजेदेखि सुरु हुने सेमिनार सहभागी हुन इच्छुक युवायुवतीलाई आग्रह गरेका छन ।


विदेशी लाहुरे बन्न चाहनेहरुको लागि यो कार्यक्रम महत्वपुर्ण हुने भएकाले सहभागी हुन सल्युट गोर्खा टे«निङ सेन्टरका केन्द्रीय निर्देशक राहुल पाण्डेयले जानकारी दिए । समिनारमा गोर्खा भर्ति सम्वन्धी जानकारीका साथै नयाँ पुस्तालाई आफनो जीवन कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा मोर्टिभेसनको कार्यक्रम समेत रहेको उनले बताए |

Advertise with us