घोराहीको होटलमा एक युवा मृत फेला

घोराही ,चैत १ । घोराही उप–महानगरपालिका–१५ मिलनचोकस्थित रोल्पाली ममता होटलको कोठामा रोल्पा रुम्टीगढी गाउँपालिका–१ , धनाचौरका ३४ वर्षीय सूर्य बाँठ मृत फेला परेका हुन् ।

Buddha International Hospital

Advertise with us

दाङका प्रहरी प्रमुख एसपी वेल पाण्डेका अनुसार हिजो राती त्यस होटलमा बसेका बाँठ आज विहान अबेरसम्म नउठेपछि होटल सञ्चालकले ढोका फोरेर हर्दा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

‘हामी अहिले विहान पुगेर शव पोष्मार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव पुर्याएर आएका छौँ, एसपी पाण्डेले भने –‘पोष्टमार्टम रिपोर्ट आए लगत्तै घटनाको अनुसन्धान अगाडी बढाइने छ ।’उनी घोराहीमा अटोरिक्सा चलाउँदै आएका थिए ।

Advertise with us