घोराहीमा ३१ केन्द्रबाट आधारभुत तहको परिक्षा हुदै

घोराही, २९ फागुन । आउदो चैत्र ३ देखि १४ गतेसम्म हुने आधारभुत तहको (कक्षा ८)परिक्षामा घोराही उपमहानगरले ३१ वटा परिक्षा केन्द्रबाट परिक्षा संचालन गर्ने तयारी गरेको छ । यस बर्ष सामुदायिक विद्यालय ३९ र संस्थागत विद्यालयका ४४ गरि ८३ वटा विद्यालयहरु प्रिक्षामा सहभागि हुदै छन । जसमा २२०५ सामुदायिक र १८७८ संस्थागत विद्यालयका विद्यार्थी छन ।
जसमा
उपहानगरको शिक्षा, युवा तथा खेलकुद शाखाले बुधवार घोराही क्षेत्र भित्रका परिक्षा केन्द्राध्यक्षहरुलाई सहभागि गराएर परिक्षाको किसिम र मर्यादाको बारेमा जानकारी गराएको छ । परिक्षाको बारेमा जानकारी दिदै उपमहानगरका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख श्रीप्रसाद भट्राइले सबै परिक्षा केन्द्रका केन्द्राध्यक्षलाई परिक्षाको गुणस्तर निर्धारण गर्न र परिक्षाको मुल्याङकनलाई बढी विश्वसनिय बनाउन निर्देशन दिएका छन ।

Advertise with us
उनले परिक्षालाई यस पटक प्रविधि मैत्रि बनाउन थालेको र यक्ष क्षेत्रका ५ वटा विद्यालयलाई होम सेन्टर बनाइएको जानकारी दिए ।
सोही अनुरुप परिक्षाको केन्द्राध्यक्ष र निरिक्षकहरुको व्यवस्था सुरु गरिएको , व्यवस्थित र आकस्मिक अनुगमनको व्यवस्था गरिएको, प्रयोगात्मक परिक्षालाई अनिवार्य गरिएको, साधारणतया ४० विद्यार्थीको अनुपातमा एक निरिक्षकको व्यवस्था गरिएको, विद्यार्थीलाई सकभर पाएक पर्ने केन्द्रको व्यवस्था गरिएको बताए ।
घोराही उपमहानगरभित्रका परिक्षा केन्द्रमा तोकिएको केन्द्राध्यक्षहरुलाई निर्देशन दिदै प्रमुख भट्राइले निश्चित समय भित्र परिक्षा संचालन गर्नुपर्ने, सिम्वोल अनुसारको विद्यार्थीको सिट निर्धारण, एउटा वेन्चमा बढीमा २ जना, कक्षा ८मा पठाउने शिक्षक बाहेकअरुलाई निरिक्षकमा खटाउने, विद्यार्थीलाई अनुवार्य रुपमा विद्यालयको पोषाक लगाउने व्यवस्था गर्ने, परिक्षामा मोवाइलको प्रयोग गर्न नपाउने नियमलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिए ।
उनले परिक्षाको सुरक्षा, गोपनियता र व्यवस्थापनको जिम्मा पनि केन्द्राध्यक्षलाई भएको बताए । परिक्षामा कुनै पनि किसिमको गैरकानुनी क्रियाकलाप भए कसुरको मात्रा हेरी ६ महिना कैद वा एक लाख रुपैया जरिवाना वा दुवै सजाय हुने बताए ।

घोराही उपमहानगरका प्रवक्ता भरत अर्यालको अध्यक्षता एवम उपमहानगरका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवम उपप्रमुख सीता सिग्देल न्यौपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
शिक्षा, युवा तथा खेलकुद शाखाका कार्यकारी अधिकृत नारायणप्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शाखाकी कर्मचारी विमला बतौलाले गरेकी थिइन ।

Buddha International Hospital