निरन्तर विद्यालय अनुगमन

Advertise with us
बालकृष्ण पाण्डे

हापुरे, फागुन । बबई गाउँपालिकाले प्रारम्भिक कक्षा पठन सीप कार्यक्रम अन्तर्गत वडा नं.२, ४ र ५ का तीन वटा विद्यालयको अनुगमन गरिएको छ । वडा नं. २ को नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय सितापुर, ४ को जनश्रम निमावि हस्तनापुर र वडा नं. ५ जनज्योती प्रावि खयर भट्टीको अनुगमन गरिएको हो । राष्ट्रिय प्रारम्भिक पढाई कार्यक्रम अन्तर्गत सञ्चालन भएका तीन वटा बिद्यालयको अनुगमन गरिएको छ ।


Advertise with us
अनुगमन मा बिद्यालयको भौतिक संरचना, कक्षा कोठाको स्थिती, बिद्यार्थीको अवस्था, प्रारम्भिक कक्षा सिकाइ कार्यक्रमको उपलब्धी, बिद्यार्थीको सिकाइ उपलब्धि र बिद्यालायका विविध आवश्यत्ताको बिषयमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा बिद्यार्थीको सिकाइ उपलब्धि २० प्रतिशतले बढी देखिए पनि कक्षा कोठामा संख्यात्मक हिसावले बिद्यार्थीहरु कम देखिएका छन ।

Buddha International Hospital

बबई गाउपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले बिद्यालय र अभिभावकसंगको सम्बन्धलाई शिक्षक शिक्षकाहरुले प्रगाढ बनाउदै लैजानु पर्ने र बिद्यार्थीको संख्यामा बद्धि गर्न सामुदायिक बिद्यालयमा अहिले भैरहेको शैक्षिक सुधारका कामहरुको बारेमा अभिभावकलाई अवगत गराउन अनुरोध गरेका थिए । उपाध्यक्ष साबित्रा बिश्वकर्माले सरकारी बिद्यालयमा निशुल्क पठनपाठन हुदाँ पनि बिद्यार्थीहरुको संख्या कम हुनु बिडम्बना भएको बताइन ।

अनुगमनमा बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल, प्रमुख प्रशाशकिय अधिकृत बसन्तराज अधिकारी, उपाध्यक्ष साबित्रा बिश्वकर्मा, शिक्षा अधिकृत मोहनलाल दाहाल सिक्षा युवा तथा खेलकुद संयोजक एवम वडा नम्वर ४ का अध्यक्ष टेकबहादुर ओलि, उप संयोजक जितबहादुर केसी प्रवक्ता टंकराज बिश्वकर्मा, प्रेस संयोजक बालकृष्ण पाण्डे, बेसका महासचिब डेफुलाल चौधरी, इजि आर पिका तर्फबाट दिपलाल चौधरी, सुनिता बुढा र पारस चौधरीको सहभागिता रहेको थियो ।