तालमा डुवेका युवकको खोजी कार्य जारी

तालमा डुबेका दाङका एक युवाको खोजी कार्य जारी छ । दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ का १८ वर्षीय लक्ष्मण डिसी आइतबार बेलुका ४ बजेदेखि कृत्रिम जलाशयमा नुहाउने क्रममा डुबेर बेपत्ता थिए ।

Buddha International Hospital

Advertise with us

डिसी युवक क्रिकेट खेलिसकेपछि नुहाउन तालमा पस्दा बेपत्ता भएका थिए । जलाशय धेरै गहिरो रहेको तथा पानीको सतह धेरै भएको हुँदा बेपत्ता डिसीलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले बताए ।

उनको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ । पानी सुकाउन चार वटा मोटरले पानी निरन्तर निकालिएको भए पनि जलाशयको पानी सुकाउन मुस्किल भइरहेको प्रहरीले बताएको छ ।

Advertise with us