‘जेष्ठ नागरिकलाई सम्मान गरौ’

Advertise with us

दिप्तीशिखा चौधरी,

। दङ्गिशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जेष्ठ नागरिकलाई सम्मान गर्नु युवा पिढीहरुको दायीत्व रहेको बताएका छन । समाजमा जेष्ठ नागरिकहरु अपमानित भैरहको भन्दै उनले जेष्ठ नागरिकलाई हेला नभई सम्मान गर्नु सबैको कर्तव्य भएको बताए ।
दङ्गिशरण गाउँपालिका वडा न।६ ले आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै उनले जेष्ठ नागरिकहरु हामीलाई बाटो देखाउने अभिभावक भएको र जेष्ठ नागरिकहरुलाई पारिवारीक एवम सामाजिक रुपमा सम्मान गर्नुपर्ने बताए ।

Advertise with us
सो अवसरमा वडा अध्यक्ष टंकबहादुर वलीले जेष्ठ नागरिकहरु समाजको इतिहास भएको हुदाँ उनीहरुलाई सम्मानपुर्वक बाच्न दिनुपर्ने बताए । कार्यक्रममा जेष्ठ नागरिक तेज नारायण अधिकारीले वडा वडामा जेष्ठ नागरिकहरुले गरेको यस प्रकारको कार्यक्रमले जेष्ठ नागरिकहरुलाई बाच्ँनका लागि केही रुपमा राहत पुगेको बताए ।
कार्यक्रममा वडा न। ६ का जेष्ठ नागकिहरुलाई सम्मान स्वरुप न्यानो कपडा बितरण गरिएको थियो । वडाका अध्यक्ष टंक बहादुर वलीको अध्यक्षता एंव गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमूख आतिथ्यता तथा उपाध्यक्ष पिमा कुमारी खड्काको बिशीष्ट आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रमको शहजीकरण वडा सचिव देवबहादुर डांगीले गरेका थिए ।

Buddha International Hospital