खोलाको पानी खाएर बाँचेका नयाँगाउँबासी

 

Buddha International Hospital

यमकला भुसाल

Advertise with us

तुलसीपुर, फागुन । दाङको गढवा गाउँपालिका वडा नं १ कालाकाटे स्थित नयाँगाउँबासी बर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका छन् । भारतीय सिमाना जोडीएको नाका क्षेत्रका स्थानीयबासीहरुले २०६० सालदेखि यस्तो समस्या भोग्दै आएको बताउछन् ।

बस्तीमा कसैको घरमा पनि कुवा, धारा छैन । खोला छेउमा रहेको बस्तीमा खानेपानीको अभाव छ । खोलाको नजिकै डिपबोरीङ गाडिएको छ, त्यहाँ पानी ट्याङ्कीमा जम्मा हुन्छ । ‘बिहान साँझ गरेर २ पटक मात्र पानी आउछ हामी त्यहि पानी पु¥याएर खान्छौ’ स्थानीय बालाराम पुनले भन्नुभयो । ‘पानी ज्यादै महत्वपुर्ण चिज, नखाई पनि भएन । पिउने पानीको अन्य कुनै पनि स्रोत छैन ।’

‘कोइलाबास क्षेत्रमा पानीको समस्या विगत देखिनै रहेको र अब गर्मी मौसम सुरु भए पछि झनै समस्या हुन लागेको छ’ स्थानीय बिना वलिले भन्नुभयो ‘यस बस्तीमा २०६० सालमा खोला पस्यो, त्यतीबेला देखि खानेपानीको झनै समस्या हुदै आयो’ अहिले यो बस्तीमा ३५ घरधुरी छ । ट्याङकीमा पानी आउदा घण्टौ कुरेर त्यहि पानी खाने गरेको स्थानीयहरु बताउछन् । नआउदा खोलाकै पानी खान बाध्य रहेको स्थानीय मनोज बिकले भन्नुभयो ।

‘अरुको घरमा पानी लिन जादाँ रिसाउछन, स्थानीय निकायका व्यक्ति फर्केर आउदैनन् ।’ मनोज विक भन्नुहुन्छ, ‘ऐलानी जग्गामा बसेका हामी त्यसैमा बाढीपीडित पानीको समस्याले सधै पिरोल्छ’ गुनासो नै गुनासो बोकेर नयाँगाउँबासीहरु बसेका छन् ।

गढवा गाउँपालिका वडा नं १ का वडा अध्यक्ष बाबुराम अधिकारीले नाका क्षेत्रमा पानीको मुहान संरक्षण गरि पानीको सुविधा पु¥याउन स्थानीय सरकारले प्रयास गरिरहेको बताउनुभयो । ‘हामीले गाउँपालिकाका ८ वटै वडामा डिप बोरीङ गाडिदिएका छौँ’ अध्यक्ष अधिकारीले भन्नुभयो, ‘त्यहि पाइप बिस्तार गरेर उपभोक्ता माझ पु¥याएका छौँ, खोपानीको समस्या अब धेरै नहोला ।’ नयाँगाउँबासीका लागि गत वर्ष पनि कुवा खन्ने र मोटर किन्ने बजेट वडाबाट परेको थियो । यस वर्ष पनि ८ वटै वडालाई मध्यनजर गदै खानेपानीको ट्याङ्की निर्माण गर्न लागेको गाउँपालिकाले बताएको छ ।

 

यसवर्ष १० करोडको लागतमा चरेंगे, तिन खण्डे जुनौरी, कालाकाटे, कलैने, धोद्रे बृहत खानेपानी आयोजना निर्माण गर्न लागेको वडा अध्यक्ष अधिकारीले बताउनुभयो । अब वडाका कुनै पनि व्यक्तिले खापानीको समस्या खेप्नुनपर्ने उहाँको भनाई छ । अबको एक वर्षमा १ घर १ धारा बनाउने योजना अघि सारेको उहाँले बताउनुभयो ।

Advertise with us