अपाङ्गता भएका व्यक्तिहरुको क्षमता अधिबृद्धि तालिम शुरु

शिव घर्ती मगर

Buddha International Hospital

घोराहीमा अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास तालिम शुरु भएको छ । घोराही उपमहानगरपालिकाको सहयोग तथा अपाङ्ग मानव अधिकार एवं सरोकार मंच नेपालको आयोजनामा सिविआर कार्यक्रम अन्र्तगत अयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका १९ वटै वडाका विभिन्न प्रकारका २५ जना अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता रहेको छ ।

Advertise with us


मंचका उपाध्यक्ष भविसरा घर्ती मगरको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अथिति अर्यालले अपाङ्गता भएका व्यक्तिहरुको लागि अपाङ्गता मैत्री कार्यविधि बनाएर कार्यक्रम गर्ने र उक्त कार्यक्रमको लागि अपाङ्गता क्षेत्रका अगुवाहरुको सहयोगको आवस्यक रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल केन्द्रिय अनुशासन विभाग सदस्य भुमा चौधरी, राष्ट्रिय अपाङ्ग महासंघ दाङका अध्यक्ष शिव घर्ती मगर, सुस्तमनस्थिति अभिभावक संघ दाङका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतले मनतव्य व्यक्त गरेका थिए ।


तालिममा अपाङ्गताको परिभाषा, प्रकृति र बर्गिकरण, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७५, घोराही उपमहानगरपालिकाको निति तथा कार्यक्रमको बारेमा प्रशिक्षण गरिएको थियो । तालिमको सहजीकरण घोराही उपमहानगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत सन्तबहादुर सुनार, राष्ट्रिय अपाङ्ग महासंघ दाङका अध्यक्ष शिव घर्ती मगर, केन्द्रिय अनुशासन विभाग सदस्य भुमा चौधरीले गरेका थिए ।

Advertise with us