जातिय विभेद अन्त्यमा सक्रिय हुन नगर प्रमुखको आग्रह

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले कानुनले सबैलाई समान अधिकार दिएको भन्दै अब जातिय विभेदको अन्त्य गर्नुपर्ने बताएका छन । अन्तराष्ट्रिय महिला दिवसका अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर ११ ले खैरामा आयोजना गरेको दलित महिलाहरुको शसक्तिकरण तालिममा बोल्दै नगर प्रमुख चौधरीले कानुनलाई व्यवहारमा लागु गर्दै समानता कायम गर्नुपर्ने बताए ।

Buddha International Hospital

Advertise with us

कानुनले कसैलाई पनि जात, वर्ग र समुदायका हिसावले विभेद नगरेको भन्दै परम्परागत सामाजिक चिन्तनलाई चिर्न आवश्यक रहेकोमा जोड दिए । कानुनले विभेदको अन्त्य गरे पनि सामाजिक, आर्थिक, सामाजिकरुपमा दलितहरु माथी रहेको विभेद अन्त्य गर्नु सबै नागरिकको जिम्मेवारी भएको बताए । दलितहरु पनि अव शिक्षा, सीप र क्षमतामा अग्रसर बन्नुपर्ने र स्थानिय सरकारले त्यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिवद्धता जनाए ।


वडा अध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख सीता सिग्देल न्यौपानेले संविधानले स्थानिय सरकारको वडा तहमा दलित महिलाहरुको संख्या सुरक्षित गरेको भन्दै विभेद अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिइन ।


आफुलाई कमजोर ठान्न नहुने तर्फ सचेत गराउदै उपप्रमुख न्यौपानेले स्थानिय सरकार दलितहरुको अधिकार र पहुँच स्थापित गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । कार्यक्रममा नगरका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतीकुमारी विश्वकर्मा र वडा सचिव लक्ष्मी वहकरीले प्रशिक्षण दिएका थिए ।

Advertise with us