स्वाभिमानको लागि जनता सडकमा आएः अध्यक्ष थापा

Advertise with us

राष्ट्रिय प्रजातन्त्रिक पाटी नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले ठुलो संख्यामा जनताहरु राष्ट्रिय स्वाभिमानको लागि सडकमा आइसकेको बताएका छन । हिन्दु राष्ट्र सहितको लोकतान्त्रीक राजा संस्थाको चाह जनताले गरेको उनले बताए ।
हिन्दुराष्ट्र र राज संस्थाको नारा लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीको मेचि महाकाली स्वाभिमान यात्रा तथा जनजागरण अभियानको कार्यक्रम अन्तर्गत दाङको घोराही आइपुगेका अध्यक्ष थापाले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका थिए ।
मेचिमहाकालि जागरणसँगै आफुहरुले पाटी एकताको प्रयास पनि जारी राखेको बताए । पशुपति शमशेरले नेतृत्व गरेको राप्रपा संयुक्त र दिपक बोहोराको राप्रपा प्रजातान्त्रिकसँग पनि एकताको प्रयास जारि रहेको बताए ।

Advertise with us
त्यस्तै उनले देशमा बढिरहेको भ्रष्टाचार, बेरोजगारी समस्या, राजनैतिक बेईमानी बढेको भन्दै राप्रपाले जनताको एजेण्डालाई पनि मुल रुपमा उठाएको बताए ।
यस्तै अध्यक्ष थापाले नेत्र बिक्रम चन्दको समुहसंग सरकारले शान्तीपुण वार्ताको माध्यमबाट मूलधारको राजनीतिमा उनलाई समाहित गर्नुपर्ने औल्याए ।
साथै उनले सरकारले भर्खरै गरेको सिके राउतसँगको सझौता सकारत्मक भए पनि त्यसलाई सरकार र सिके पक्षधरले फरक फरक तरिकाले व्याख्या गरेको भन्दै आपत्ति जनताए । एउटै सम्झौतालाई फरक ढङगले प्रचार गरिएको भन्दै सरकारलाई त्यस तर्फ ध्यान दिन आग्रह गरे ।

Buddha International Hospital