दाङमा बालिका बलात्कार गर्ने पक्राउ

घोराही उपमहानगरपालिका वडा नम्वर १९का २१ बर्षिया सन्तोष घर्तिमगर बालिका बलात्कार गरेको आरोपममा पक्राउ परेका छन ।
घोराही १९ कै एक १४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन ।

Buddha International Hospital
Advertise with us

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक रामप्रसाद घर्तिमगरले दिएको जानकारी अनुसार घर्तिले बालिकालाई गत २४ गते बलात्कार गरेका थिए । बालिकाको दाजुले प्रहरीमा निवेदन दिए पछि प्रहरीले उनलाई सोही दिन पक्राउ गरेको थियो ।


उपरिक्षक घर्तिका अनुसार आरोपी घर्तिमगरलाई जवरजस्ती करण अभियोगममा आज अदालतमा मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान भैरहेको छ ।

Advertise with us