हिन्दुराष्ट्र र राजसंस्था फर्किन्छ ः थापा

यमकला भुषाल

Blog Post Ad

दाङ, फागुन  । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले हालै तराइ विखण्डनबादी नेता सिके रावतसंग गरेको संझौता भ्रमपुर्ण र रहस्यमय भएको बताउनुभएको छ । दाङका विभिन्न स्थानमा आयोजना गरिएका पत्रकार सम्मेलन तथा कार्यक्रमहरुमा अध्यक्ष थापाले यस्तो बताउनुभयो ।

Blog Post Ad

मेचिमहाकाली स्भाभिमान अभियानको क्रममा सोमबार दाङ आईपुगेका अध्यक्ष थापाले घोराही र तुलसीपुरका विभिन्न स्थानमा कार्यक्रम गर्नुभएको छ भने घोराहीमा मिडिया नेपाल र तुलसीपुरमा रिपोटर्स क्लवले पत्रकार सम्मेलन गरेको थियो । ‘वर्तमान सरकारका प्रधानमन्त्री केपि शर्मा वली र रावतबीच भएको संझौता भएको लगत्तै जनकपुरमा सिके रावत पक्षधरका समर्थकहरुले गरेको प्रदर्शनले सरकार उदांगिएको छ, सरकारको सुरक्षा घेराभित्रै विखण्डनकारी नारावाजी हुनु अत्यन्तै दुर्भाग्यपुर्ण हो’ अध्यक्ष थापाले भन्नुभयो ।

संझौताको दस्तावेज आएको लगत्तै रावतले फेरी आफु तराइलाई भिन्न पार्ने विषयमा जनमत संग्रहमा जाने माग नछाडेको भन्नु कुटिल चाल भएको पनि उहांले बताउनुभयो । ‘चैत १ गते सवै जिल्ला अध्यक्षहरु र केन्द्रिय समितिको बैठक बस्दैछ, त्यसपछि कस्तो जनसंघर्षमा जाने भन्ने निर्णय हुने पनि उहांले बताउनुभयो । त्यसैगरी उहांले सर्वपक्षिय गोलमेच सम्मेलन वा गोलमेच सम्मेलन गरेर भएपनि धर्मििनरपेक्षता हटाइ नेपाललाइ हिन्दु राज्य घोषणा गर्नुपर्ने पनि उहांको माग थियो ।

थापाले आफुले पार्टीको एजेण्डा छाडेर सरकारमा नगएको पनि स्पष्ट पार्नुभयो । ‘राजसंस्था सहितको प्रजातन्त्र र धार्मिक स्वतन्त्रता सहितको हिन्दु राज्य राप्रपाको मुल एजेण्डा हो, सरकारमा गएपनि यो एजेण्डा छाडेका छैनौं’—नेता थापाले भन्नुभयो । भुमिगत रुपमा शशस्त्र आन्दोलनमा होमिएको नेकपा माओवादी विप्लव समुहलाइ पनि बन्दुक छाडेर जनताको वलमा आन्दोलनमा आउन आग्रह गर्नुभयो ।

त्यसैबीच राप्रपाको राष्ट्रिय स्वाभिमान यात्राको तेह्रौं दिन सोमवार तुलसीपुरको विरेन्द्रचौक र घोराहीको तुलसीपुर चौकमा कोणसभा सम्पन्न भएको छ । कोणसभामा बोल्दै नेता थापाले राष्ट्रिय अखण्डताको रक्षा, धर्म निरपेक्षता विरुद्धको आन्दोलन भ्रष्टाचारमुक्त समाज र हिंसा मुक्त समाजको आन्दोलमा सहभागि हुन आम नेपालीलाइ आव्हान गर्नुभएको छ । सो कार्यक्रममा पुर्वमन्त्री तथा राप्रपा नेता बुद्धिमान तामाङ तथा राप्रपा केन्द्रिय सदस्य तथा पुर्वमन्त्री प्रेम वहादुर भण्डारी लगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *