कृषि उपजबजार तथा संकलन केन्द्र स्थापना हुुने

समुुह र सहकारीलाई ७५ प्रतिशत र नीजिलाई ५० अनुुदान


जीतसागर जी.एम.
घोराही, २६ फागुुन | प्रदेश नम्बर पाँचको सरकारले कृषि समाग्रीको बजारीकरणका लागि कृषि उपजबजार तथा संकलन केन्द्र स्थापना गर्न स्थानिय तह, कृषक समुुह, कृषि सहकारी र निजि फम संचालकलाई आग्रह गरेको छ ।

Advertise with us

Buddha International Hospital

बिचौलियका कारण किसानले आफ्नो उत्पादनको सहि मुुल्य पाउन नसकिरहेको भन्दै प्रदेश नम्बर पाँचको भुुमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयले कृषि उत्पादनको बजारीकरणका लागि कृषि उपजबजार तथा संकलन केन्द्र स्थापना गर्न लागेको हो ।

सरकारले कृषि उपज सामाग्रिको बजारीकरणका लागि प्रादेशिक बजार, हाटबजार, थोक बजार, खुुद्रा बजार तथा संकलन केन्द्र निर्माण गर्न स्थानिय तह, कृषक समुुह र कृषि सहकारीलाई ७५ प्रतिशत अनुुदान र निजी फम तथा कम्पनीलाई ५० प्रतिशत अनुदान दिने कृषि ज्ञान केन्द्र दाङका प्रमुुख कृष्णबहादुर बस्नेतले जानकारी दिए । उनले भने– सरकारले कृषि उत्पादनको बजारीकरण गर्न कृषि उपज बजार तथा संकलन केन्द्रको लागि पुुर्वाधार निर्माण गर्न फागुन भित्र प्रस्तावनाको निवेदनसहित आवेदनको माग समेत गरेको छ ।

उनका अनुुसार मन्त्रालयको वेवसाइट धधध।mयmिबअ।उछ।नयख।लउ तथा कृषि ज्ञान केन्द्र दाङमा बिस्तृत जानकारी प्राप्त गर्न सकिने छ । स्थानिय तह तथा कृषि समुह, कृषि सहकारी संस्था एवं निजी फम र कम्पनीले आवेदनका लागि आवश्यक पर्ने कागजपत्र मन्त्रालयको वेबसाइटबाट पनि प्राप्त गर्न सक्छ र कृषि ज्ञान केन्द्र घोराहीमा वा पायक पर्ने कृषि ज्ञान केन्द्रमा पनि आवश्यक जानकारी लिन सकिन्छ –उनले भने ।

कृषिको उर्बरभुुमि प्रदेश नम्बर पाँचमा कृषि उत्पादन बढ्दै गएको छ तर किसानले कृषि उत्पादनको सही मुुल्य पाउन नसक्दा बिचौलियाको निरुत्साहीतको लागि सरकारले कृर्षि उत्पादन बिक्रि बितरण गर्न कृषि उपज बजार स्थापना गर्न ठुुलो मात्रामा अनुुदान रकम प्रदान गरेको छ –उनले भने , कृषि उपज बजार अन्तर्गत पर्ने हाटबजार सेड, थोक बजार र संकलन केन्द्र निर्माण, बारबन्देज , गोदाम घर तथा अफिस कोठा निर्माण, खानेपानी,शौचालय तथा फोहर व्यवस्थापन भएको हुुनुुपर्ने मापदण्ड निर्धारण गरिएको छ ।

उनले सरकारले कृषि समुुहको जग्गा खरिद तथा भाडामा भने लगानी नगर्ने उनले बताए । त्यस्तै संकलन केन्द्र लागि व्यवस्थापन कक्ष सेड स्टोर, तौलने सुुबिधा, सुुचना सुुविधा, शौचालय र खानेपानीको सुविधा भएको हुुनुुपर्ने मापदण्ड रहेको प्रमुुख बस्नेतले बताए । त्यस्तै थोक बजार निर्माणका लागि कम्पाउण्ड वाल, एप्रोज रोड, कार्यालय , सुुचना केन्द्र स्टोर, तौलने सुविधा, सुुचना तथा संचार सुविधा , शौचालय र खानेपानीको सुुविधा हुुनुुपर्ने , खुुद्रा बजारका लागि सेड निर्माण स्टोर, शौचालय र खानेपानी हुुनुुपर्ने, नयाँ हाटबजार र पुुरानो हाटबजार सुुदृढीकरणका लागि व्यवस्थापन कक्ष, सेड निर्माण, शौचालय र खानेपानी, खुद्रा बजारका लागि सेड निर्माण स्टोर , शौचालय र खानेपानी हुुनुुपर्ने मापदण्ड निर्धारण गरिएको उनले बताए ।

त्यस्तै प्रदेश स्तरको हाटबजारका लागि कम्पाउण्ड बाल, एप्रोच रोड, कार्यालय, सुुचना केन्द्र, स्टल, स्टोर गोताम, शौचालय र खानेपानीको मापदण्ड निर्धारण गरिएको छ उनले भने । कृषि बजारका लागि आवेदन दिन चाहने स्थानिय तह, कृषि समुह, कृषि सहकारी संस्था र निजि फम तथा कम्पनी संचालकले निवेदनको ढाँचा, प्रस्तावनाको ढाँचा, मापदण्डमा आवश्यक पर्ने कागजातहरु र तोकिएका कार्यालय लगायतका जानकारी मन्त्रलायको वेबसाइटबाट र पायक पर्ने कृषि ज्ञानकेन्द्रबाट प्राप्त गर्न सकिने प्रमुुख बस्नेतले बताए ।