मौरी पालक किसानको गुनासोः दोषी पहिचान र क्षतिपुर्ति दुवै भएन

Advertise with us


रीता लामा

गत कात्तिक ६ गते घोराही उपमहानगरपालिका वडा नम्वर १२ सिस्नेरीमा ४४ घार मौरीमा एकै पटक विष हालेर मारियो । किसानले ठुलो लगानी र मेहेनत गरेर पालेको मौरीमा एकै पटक विषादी पर्दा मौरी पालक किसानहरु चिन्तीत भए ।

Buddha International Hospital
Advertise with us


दोषिलाई कारवाही र उचित क्षतिपुर्तिको मागसँगै त्यहाँका किसानहरुले जिल्ला प्रहरी, घोराही उपमहानगरपालिका र पाँच नम्वर प्रदेश कार्यालयमा समेत निवेदन दिए । तर घटना घटेको एक महिना पुगिसक्दा पनि कुनै निकाएबाट कुनै प्रकारको पहल नभएको भन्दै चिन्ता व्यक्त गरेका छन ।


वि एण्ड विपि मौरी फार्मका विकास नेपालले आफुहरुलाई प्रहरीले पनि दोषिको खोजि कार्यको लागि कुनै पहल नगरिदिएको छिटोभन्दा छिटो पहल गरिदिन प्रहरी र स्थानिय निकायलाई आग्रह गर्नुभयो । उहाँले आफुहरुको अव मौरीको याम(मौसम) सकिन लागेको र फेरी मौरीका घारहरु चितवन लगेर फर्कनुपर्ने समय आइसक्दा पनि कुनै पक्षबाट न्यायको लागि पहल नहुनु दुखद भएको गुनासो गर्नुभयो ।

‘दोषि पत्ता लगाइ कारवाहीको माग गर्दैै प्रहरीमा निवेदन दिए तर अहिलेसम्म कुनै प्रक्रिया अगाडी बढेको छैन ।’ रातको समयमा कसले र किन मौरीमा विषादी हाल्यो भन्ने कुरा अझै प्रहरीबाट पत्ता लाग्न नसकको अर्का पीडित किसान सुर्यबहादुर सिंजालीले बताउनुभयो ।

पीडित मौरी पालक किसान नेपाल र उहाँसँगै क्षति वेहोर्नुभएका सिंजालीले प्रहरीमा निवेदन दिएको एक महिना र उपमहानगरमा करिव २० दिन अगाडी निवेदन दिए पनि सुनुवाइ नभएको भन्दै पहल गरिदिन सबैलाई आग्रह गर्नुभयो ।

उक्त घटनामा मौरी पालक किसानले ४४ घार मौरी नष्ट हुदाँ करिव १६ लाख जतिको क्षति भएको थियो र चितवनका नेपालको ४० र अर्का किसान सिंजालीको ४ घार मौरीमा विषादी हालिएको थियो । लामो समय देखि मौरी पालिरहेको नेपालले आफनो ठुलो क्षति भएको हुदाँ उचित क्षति पुर्ति नपाए यो पेसाबाटै पलाएन हुने अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

‘नेपाल सरकारको मातहतमा रहेर फार्म संचालन गरिरहेको छौ ।’ उहाँले भन्नुभयो ‘मौरी व्यवसाय संचालक गरेवापतको कर पनि सरकारलाई तिरिरहेको छौ तर न्याय पाउन सकेका छैनौ ।’


तर जिल्ला प्रहरी कार्यालय दाङका राजन गौतमले भने त्यो घटनामा आफुहरुले शुष्मरुपमा अनुसन्धान गरिरहेको बताउनुभयो । गाउँका स्थानिय हुन वा मौरी पालक किसानहरु बीचको रिसिविले त्यो गरिएको भन्ने विषयमा शंकाष्पद रहेको जानकारी गराउनुभयो ।
साथै उहाँले त्यहाँ मरेका घारमा विषादी हालिएको हो वा होइन भनेर प्राविधिक जाँचको लागि कृषि अनुसन्धान केन्द्र खुमलटार काठमान्डौमा पठाएको र उक्त विवरण आए पछि कारवाही प्रक्रिया अगाडी जानकारी दिनुभयो ।

साथै उहाँले उक्त घटनाको दोषी पत्ता लाग्ने संभावना भएको पनि हरेक किसान र व्यक्तीहरुबाट फरक फरक प्रतिक्रिया आएको हुदाँ पनि आफुलाई अनुसन्धानमा समस्या भएको बताउनुभयो ।

यता घोराही उपमहानगरपालिकाका कृषि शाखाका प्रमुख भरत पोखरेल भने त्यसरी मौरीमा विषादी हालिएको घटनामा क्षतिपुर्तिको व्यवस्था नभए पनि अवस्था हेरेर उपमहानगरले निर्णय गरेर दिन सक्ने जानकारी दिनुभयो ।


‘क्षतिपुर्ति दिनै पर्ने बाध्यात्मक व्यवस्था छैन ।’ उहाँले भन्नुभयो ‘स्थलगत अनुगमन गरेर राहत स्वरुप केही रकम दिनसक्छ ।’ साथै उहाँले किसानले निवेदन मात्रै दिने भन्दा पनि पटक पटक क्षतिपुर्तिको लागि पहल गर्नको लागि पनि सुझाव दिनुभयो ।

उहाँहरुको मौरी फार्म अनुगमनको लागि पाँच नम्वर प्रदेशकी भुमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले समेत स्थल गत अनुगमन गरि दोषिलाई कडा कारवाही गर्ने र पीडितलाई उचित क्षतिपुर्ति दिर्ने आश्वासन दिनुभएको थियो ।