‘स्लो वाइक’ प्रतियोगीतामा मिनराज महरा प्रथम

दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना शनिवार गरीएको स्लो वाइक प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा मिनराज महरा प्रथम, सिवलाल वली द्धितीय, भिमसेन डाँगी तृतीय हुनु भएको छ । महिलाहरु तर्फ ममता विष्ट प्रथम, विष्णु थापा द्धितिय हुनु भएको आयोजकले बताएको छ ।

Buddha International Hospital

Advertise with us

प्रतियोगीतामा करिव ४ दर्जन व्यवसायीको सहभागिता रहेको थियो । प्रतियोगीतामा जिल्ला ट्राफिक प्रहरी कार्यालयले प्राविधिक सहयोग गरेको थियो । प्रतियोगीता उद्घाटन कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता एवम संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेपाल उद्योग वाणिज्य मंहासघका केन्द्रीय सदस्य धुव्रराज श्रेष्ठ (भारी)को विशिष्ट आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा सहभागिहरुले यस प्रकारको प्रतियोगिताले दुर्घटना न्युनिकरणमा सहयोग मिल्ने बताएका थिए । उनीहरुले संघले रचनात्मक कार्य गरेको भन्दै रचनात्मक कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका नन्दलाल पोख्रेल, डा.लोकराज पराजुली लगाएतले वोल्नु भएको थियो ।

संघका उद्योग उपाध्यक्ष एवम कार्यक्रम संयोजक वसन्त जोशीको स्वागत मन्तव्य वाट सुरु भएको सहजिकरण संघका सचिव माया पोख्रेलले गर्नुभएको थियो ।