बास्केटबल प्रतियोगितामा बाँके विजयी

घोराही, फागुन २५। घोराहीमा भैरहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दाङमा प्रदेश नं. ५ स्तरीय बास्केटबल छनौट प्रतियोगितामा बाँके विजयी भएको छ ।

Buddha International Hospital

Advertise with us

मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति नेपालगंज तथा दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा भैरहेको बास्केटबल प्रतियोगितामा प्रदेश न. ५ का दाङ्ग, पाल्पा, बाँके, रुपन्देही र रोल्पा जिल्लाहरुको सहभागिता रहेको थियो ।

फागुन २२ गतेदेखि २४ गतेसम्म भएको बास्केटबल प्रतियोगितमा प्रथम बाँके, द्धितिय रुपन्देही र तृतीय दाङ भएको छ । विजेता टिमहरुलाई सम्मानपत्र तथा मेडल प्रदान गरिएको थियो ।

देशभर ७ वटै प्रदेशमा बास्केटबल प्रतियोगिताको छनौट भैरहेको छ । सातवटा प्रदेशबाट छनौट भई ७ उत्कृष्ट टिमसँगै आर्मी, एपीएफ र नेपाल पुलिस क्लब लगायत १० वटा पुरुषको टिम र महिलाको १० वटा टिमले आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन पाउने छन् ।

कार्यक्रममा स्वागत मन्तव्य आठौं राष्ट्रिय खेलकुद विकास समितिका सदस्य अर्जुन बिकको रहेको थियो भने घोराही उपमहानगरपलिकाका प्रमुख नरूलाल चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । मध्यपश्चिमाञ्चल खेलकुद बास्केटबलका संयोजक रीता कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण समीर वलीले गर्नुभएको थियो ।

Advertise with us