पत्रकारीताको उज्यालो, उदय

 

नेपाल पत्रकार महासंघ केन्द्रिय, सचिव
प्रकाशक÷सम्पादक ः पहिलो पेज डटकम
Advertise with us

प्रस्तुति ः रीता लामा

Buddha International Hospital

मेरो अनुमान । उनी रिसाएको सायदै थोरैले देखे होलान । प्रायः हसिलो र ठठ्यौली मुद्रामा प्रस्तुत हुने पत्रकार उदय जीएम । साथीसँगको भेटघाट । चियागफमा सधै जसो रमाएका भेटिन्छन । सदावहार आफु आफैसँग रमाउने एउटा जीवन हो उदय जिएम । दाङका पत्रकारका रुपमा उनलाई नचिन्ने सायदै होला । पत्रकारीतामा एउटा स्वर्ण बर्ष पार गरिसकेका छन उनले । नागरिकतामा उदयप्रसाद घर्ती मगर नाम भए पनि शुभचिन्तकहरुले नाम लामो भयो भनेर खिसि गरे पछि भने उनले नाम छोट्याएका हुन रे ।


उमेरले पाँच दशक भेट्नै आट्यो तर सामाजिक संजालमा उनको सक्रियता युवा भन्दा कम छैन । साथी भाइसँगको उठवसमा उतिकै सक्रिय छन । संजालमा पनि अरुलाई हसाउने, रमाउने खालका शब्द र तस्विरमा उनलाई देख्न पाइन्छ । उनले कसैलाई घोचपेच, उचोनिचोको गर्दैनन । अगतिला शब्द न उनको मुखबाट सुन्न पाइन्छ न उनले लेखेको देखिन्छ ।


तर पछिल्लो समय पत्रकारीता सिक्दै गरेका, पत्रकारीतामा खारिएकाहरु पनि समाजिक संजालमा मनपरी भएको देख्दा उनलाई दिक्क लागेर आउछ । ‘पत्रकारले आफ्नो भुमिका थाहा पाएर पनि विर्से जस्तो व्यवहार देखाउछन ।’ उनी भन्छन ‘पछिल्लो पुस्ता सामाजिक संजालमा मनपरी भएका छन ।’ जनताले यो पत्रकार हो भनेर चिनेकै हुन्छ तर आफु समाजमा परिचित छु भन्ने थाहा हुदाँ हुदै पनि जिम्मेवारी भुलेको देख्दा उनको मन कुडिन्छ ।

‘पत्रकारहरु प्रहरी, वकिल, न्यायाधिस सबै आफै बन्न खोज्छन ।’ उनको सबै भन्दा चित्त नबुझने पाटो यहि हो । अवको पत्रकारले मेरो भुमिका के हो भन्ने प्रष्ट भएर मात्रै काम थाल्नुपर्ने उनको सुझाव छ । पछिल्लो समय पत्रकारहरु गाली गलौच, अस्वस्थ प्रतिशप्रर्धामा उत्रिएको उनलाई खास्सै मन परेको छैन । पत्रकारीता पेसा जनताको लागि हो । जनता कै आवाज बोल्नुपर्छ ।

 

पत्रकारीतामा २५ बर्ष भन्दा धेरै विताएका उदयलाई अहिलेसम्म समाचार लेखेकै भरमा कुनै आरोप प्रत्यारोप वा धान धम्की सहनुपरेको छैन । द्धन्द्धकालमा समेत राज्य पक्ष र विद्रोही पक्ष दुवैको समाचार बराबर लेखेको उनी सुनाउछन । भन्छन ‘हामी तत्कालिन ससस्त्र माओवादीको कार्यक्रममा पनि गयौ । सेना, प्रहरीले आयोजना गरिएको भोज पनि खायौ । दुइ पक्षबाट बोलावट हुन्थ्यो हामी जान्थ्यौ ।

गाली कतैबाट पाइएन । धाक धम्की कसैले दिएनन ।’ पत्रकारले आफ्नो आचार सहिता भित्र रहेर काम गरे कहि कतैबाट कसैले पनि केही गर्न नसक्ने उनको अनुभव छ । पत्रकारीतामा औला उठाउने अवस्था आउनुभने अविश्वास बढ्नु भएको भन्दै विश्वासिलो पत्रकारीता गर्न उनी नयाँ पुस्तालाई सुझाउछन ।

काम खोज्दै भारत पुगे
रोल्पाबाट २०४६ साल तिर एसएलसी सकेर आफन्तसँग भारत पुगेका उनी साथीको लहलहैमा एउटा होटेलमा काम गर्न पुगे । सम्झदा अहिले पनि हासो उठ्छ उनलाई । केही समय भाडा माझ्नेसम्म गरे । पछि उनको कामप्रतिको लगनशिता देखेपछि उनको पदोनती भयो । उनी त्यससमय एउटा तीन तारे होटलमा भान्छेको काममा लागे । डेरीका विभिन्न परिकार पकाउन सिके । सँगसँगै नेपाली समाजसँगको सहकार्य पनि बढ्यो । अखिलभारत एकता समाजमा सक्रियता देखाउन थाले ।

त्यही समाजमा रहेर उनले विभिन्न प्रकारका बाजा बजाउने, नाच्ने, गाउने गर्न थाले । अहिल भारत एकता समाजको मुख पत्र पनि निकाल्ने काममा लागे । यो काममा उनले तदारुकता देखाए । आफै मुख्य भुमिका निर्वाह गरे । संगठन र लेखनको काममा उनको रुचि बढेर गयो ।
उनको क्षमताबाट प्रभावित भएर तत्कालिन समयमा मसालका महासचिव गिरिधारीलाल न्यौपानेले उनलाई दिल्ली लगे ।

स्थानिय चुनावको ताका २०४९ साल तिरको कुरा हो । उनले मसालको मुखपत्र ‘नेपाली एकता’ ‘जनजाति जहर’ भन्ने म्यागेजिन निकाले । उनै महासचिव न्यौपानेसँग काठमान्डौ आए । अखिल नेपाल जनजाति समाजको जनजाति आवाज निकाल्ने काममा लागे । यी र यस्तै काम गर्दा गर्दै उनी सामाजिक काममा छिरी सकेका थिए ।
तर यो कामबाट उनलाई खासै कमाई भएन । पछि दाङ आए । २०५२ तिर विवाह गरे । अनि होटल खोले ।

 

 

पत्रकारीताको यात्रा
उनको होटेल नजिकै एउटा पुस्तक पसल थियो । होटेलमा छदै । त्यही पुस्तक पसल, प्रगति पुस्तक सदनका प्रमुख मदुसुदन बैद्यले उनलाई ‘जनएकता साप्ताहिक’ मा रिपोटर बनाए । पत्रकारीताको ‘प’ नबुझेका उनी एकै पटक रिपोटर बने । समाचार कसरी बनाउने ? कसरी लेख्ने ? खोज्न कहाँ जाने उनलाई थाहा थिएन । तर पत्रकार बन्ने रहर भने औधि थियो ।

होटेल गरेको एक बर्ष पुग्दै थियो । उनले पत्रिकामा एनपीआइ(नेपाल प्रेस इन्सिच्युट)को १५ दिने तालिममा सहभागि हुन पाए । अनि पत्रकारीता चिने । होटेल बेचे र पुर्ण कालिन पत्रकारीतामा लागे । उनी भन्छन ‘जीवनको महत्वपुर्ण तालिम थियो । त्यही तालिमले पत्रकारीतामा चुर्लुम्म डुवायो । पत्रकारीता गर्न सिकायो । पत्रकार बनायो ।’

पत्रकारीता सिक्दै गर्दाको एउटा रमाइलो क्षण पनि छ उनीसँग । २०५४ सालतिर स्थानिय चुनाव ताका । प्रदेश सांसद अमरबहादुर डागी घोराहीको मेयरमा उठेका थिए । उनले डागीलाई व्यङ्ग्य गरेर लेख लेखे । नयाँ युगवोधमा छापियो । लेखले चर्चा भयो । स्वयम मेयरले समेत उनको सोधिखोजि गरे । त्यहाँका प्रकाशक प्रताप रेग्मीले उनलाई युगबोधमा काम गर्न बोलाए । उनी त्यहीबाट पत्रकारीताको जागिरे यात्रा सुरु गरे ।

२०५९ तिर अन्नपुर्ण दैनिकमा दाङ समाचारदाता बने । कमाई राम्रो भयो । तर २०६० तिर विनाकारण ‘भ्याउनुहुन्न’ होला भन्दै उनलाई नयाँ युगवोध दैनिकबाट विदा गरियो । विनाकारण जागिर जादाको खिन्नता अहिले पनि उनको मनमा छ । पछि उनले पत्रकारीतासँगै वैकल्पीक पेसा पनि रोजे तर पत्रकारीता छोडेनन । बरु पत्रकारीता क्षेत्रको अगुवा हुने अवसर पाए ।
उनले अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक, दि हिमालयन टाइम्स राष्ट्रिय दैनिक (अंग्रेजी), नयाँ युगबोध दैनिक, कांक्रेबिहार दैनिक (सुर्खेत), राप्ती समाचार साप्ताहिक (सम्पादक) भएर काम गर्ने अवसर पाएका छन । यस्तै तिनाउ एफ.एम. (बुटवल), सगरमाथा टेलिभिजन (काठमाडौं), कम्युनिकेशन कर्नर (काठमाडौं), प्रधानसम्पादक, जनजाति लहर (भारत), ‘नेपाली एकता’ मासिक बुलेटिन (भारत), सम्पादन, ‘नेपाली एकता सन्देश’ (भारत), सम्पादन, जनजाति आवाज (काठमाडौं), ‘आदिवासी मञ्च’ त्रैमासिक (दाङ)मा पनि अगुवाको रुपमा काम गर्न पाए ।

 

पुरस्कार ः
राप्ती साहित्य पुरस्कार, नारायणप्रसाद शर्मा पत्रकारिता प्रतिभा पुरस्कार, आर्थिक पत्रकारिता पुरस्कार, गोविन्द चिस साहित्य पुरस्कार, पत्रकारिता प्रतिभा पुरस्कार, सर्वोत्कृष्ट पाश्र्व गीतकार, रङ्ग पत्रकारिता पुरस्कार, कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार पनि प्राप्त गरिसकेका छन ।
साहित्य अनुभव ः
सम्पादन, ‘पहल’ साहित्यिक सामयिक संकलन (२०५५), ‘आँखीझ्याल’ साहित्यिक त्रैमासिक (दाङ), ‘रापतीका गीत’ (रापतीका प्रतिनिधिमूलक गीतहरुको संग्रह), सम्पादन, गाउँघर सातदिने (दाङ), सल्लाहकार, अतिरिक्त साहित्यिक त्रैमासिक (दाङ), प्रतिनिधि, जनमत साहित्यिक मासिक (बनेपा) जस्ता पत्रपत्रिकाहरु सम्पादन गर्ने अवसर पाए । त्यस्तै गाउँघर सातदिने (दाङ), नयाँ युगबोध राष्ट्रिय दैनिक (दाङ), काँक्रेविहार दैनिक (सुर्खेत), नवपालुवा द्वैमासिक बालपत्रिका (दाङ), हाम्रो सहस्राव्दी मासिक (काठमाडौं) जस्ता पत्रिकामा नियमित स्तम्भकार पनि बने ।
प्रकाशित कृति ः
पञ्जावदेखि रोल्पासम्म (लामो कविता) २०४८, कालो टीका (उपन्यास) २०५६, पुच्छर नभएका हनुमान (व्यंग्य निवन्ध संग्रह) २०५९, मौसमका हरफहरु (संयुक्त कविता संग्रह) २०५९, उनका गजल (संयुक्त गजल संग्रह) २०५९ रहेका छन ।

 

संलग्नताः
संस्थागत संलग्नता केन्द्रीय नेपाल आदिवासी÷जनजाति पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ, अखिल नेपाल प्रेस मजदूर यूनियन, नेपाल पत्रकार महासंघ, युवा साहित्य परिवार, राप्ती साहित्य परिषद्, नेपाल मगर विद्यार्थी संघ, केन्द्रीय समिति, नेपाल प्रेस इन्स्टिच्यूट, क्षेत्रीय सञ्चार स्रोतकेन्द्र नेपालगञ्ज, रक्तिम साँस्कृतिक अभियान केन्द्रीय समिति, नेपाल मगर पत्रकार संघ, नेपाल पर्यटन पत्रकार महासंघ लगायतका सस्थामा रहेर काम गरिसकेका छन ।

हाल नेपाल पत्रकार महासंघको २०७४ भदौ ४–५ मा सम्पन्न २५ औं महाधिवेशनबाट केन्दिय सचिव र प्रगतिशील पत्रकार संघको केन्द्रिय महासचिव छन । भने आफैले पहिलो पोष्ट डटकम संचालन गरेका छन ।

पारिवारिक अवस्था
रोल्पाको करेटी गाउँ, हुङदुङमा २०२८ सालमा जन्मिएका पत्रकार जिएम २०४६को आन्दोलन ताका दाङको ढिकपुर गाउँ एकलघरुवामा बसाइ सरिआएका थिए । हाल उनले घोराही १८ लोहासुरमा आफ्नै घर बनाइसकेका छन ।

हाल उनको श्रीमती ज्ञानमाला जिएम साथै दुइ छोरा र एक छोरी छन । पत्रकारीतामा लामो समय विताएका उनलाई परिवार भित्र कहिले पनि झण्झट, कचकच वा रोकतोक भएन । पत्नी ज्ञानमालाको साथ सहयोग नै भएको बताउछन ।

Advertise with us