खेलमा सहभागि नहुुने युुएनबिसीको निर्णय

घोराही, २५ फागुुन | लखनकपको फागुन २५ गते हुने खेलमा युएनविसी एकेडमीले सहभागी नहुने बताएको छ । शुक्रबार एक पत्रकार सम्मेलन गरी युएनविसीका अध्यक्ष बुद्दीराम पुनले फिफाको नियम अनुसार हामी विजयी भैसक्यौ त्यसैले नियम मिचेर हामी शनिबार हुने खेलमा सहभागी नरहने बताउनु भयो ।

Buddha International Hospital

Advertise with us

घोराहीमा फागुन २ गते देखि भैरहेको प्रथम लखन थापा कप फुटबल प्रतियोगिता फाइनल खेल स्थगित भएपछि रेफ्रीले सिठी बजाएर युएनबिसी एकेडमीलाई विजयी घोषित गरेको थियो । नेपाल मगर संघले शनिबार पुुन ः आयोजना गरेको फाइनल खेलमा युुएनबिसी सहभागी नहुुने भएको छ ।

युुएनबिसीले आज घोराहीमा पत्रकार सम्मेलन गरी संघले भोली आयोजना गरेको फाइनल खेल फिफाको नियम विपरित भएको भन्दै खेलमा सहभागी नहुुने भएको हो । फागुुन १७ गते आयोजना गरिएको फाइनल खेलमा बडहरा युुुवा क्लबका खेलडीले रेड कार्ड पाएपछि बडहरा युुवा क्लब फुुटबल मैदानबाट बाहिरीएको थियो ।

क्लब बहिरीएपछि रेफ्रिले युुएनबिसीलाई बिजयी भएको घोषाणा गरेपनि आयोजकले फेरी शुुरुबाट खेलको आयोजना गर्नुु नीतिनियम बिपरित भएको भन्दै खेलमा सहभागी नहुुने निर्णय गरेको अध्यक्ष बुुद्धिराम पुुनले जानकारी दिनुुभयो ।