महिला हिंसा विरुद्धको १६ दिवसिय अभियान सुरु

Advertise with us
फोटोः रीता लामा

लैङ्गिक हिंसा विरुद्धको १६ दिवसीय अभियान आईतबारबाट सुरु भएको छ । सेप्टेम्बर २५ अर्थात् मंसिर ९ देखि दाङ सहित देशभर दिवसको उद्घाटन गरिएको छ ।


Advertise with us
अभियानको पहिलो दिन तुलसीपुरमा सयुक्त ¥याली निकालिएको छ भने घोराहीमा अन्र्तक्रिया कार्यक्रम गरीएको छ ।
‘लैगिंक हिसां र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने मूल नाराका साथ त्रिसिद्धेश्वरी मन्दिरदेखि शुरु भएको ¥याली बाहिनी चोक, जेसिज चोक, बिरेन्द्र चोक, तुलसीपुर चोक हुदै विपि चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

Buddha International Hospital


सो अवसरमा महिला रक्षक सञ्जाल दाङका संयोजक सुस्मा गिरीले महिला माथि हेर्ने दृष्टिकोण सकारात्मक नहुँदासम्म महिला हिंसा अन्त्य हुन नसक्ने बताइन । ओरेक नेपाल दाङकी पदमा चौधरीले पछिल्लो समय महिला हिंसा बढ्दै गईरहेको भन्दै महिलाहरु पनि शसक्त हुन आवश्यक रहेको बताइन ।

घोराहीमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले महिला हिंसा विरुद्ध आवाज निकाल्ने पुरुष शक्तिको खाँचो रहेको बताएका थिए । साथै उनीहरुले महिला हिंसा न्युनिकरणको लागि अव पुरुषको अगुवाइको खाचो रहेको धारणा राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी प्रदेश सांसद दामा शर्माले महिला हिंसाको न्युनिकरणका लागि कानुनको कार्यान्वयन र महिला पुरुषको सहकार्यमुलक सचेतना अपरिहार्य रहेको बताएकी थिइन । यो समस्या महिलाहरुको मात्र समस्या नभई पुरुष र सिंगो समाजको समस्या भएकाले पुरुषको साथ र सहयोग आवश्यक रहेको उनको धारणा रहेको थियो । साथै उनले समाज शिक्षित बन्दै गए पनि महिला हिंसाका घटनामा कमी नआउनु दुखद भएको बताइन । आम जनता त्यसमा पनि असहाय, महिला र बालबालिकाको सुरक्षा गर्नु राज्यको प्रथम कतव्र्य भएको बताइन ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्ति, नेकपाको नेता नारायणी शर्मा, नेपाली काँग्रेसका कोषाध्यक्ष सावित्रा राना, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, तुलसीपुर उपमहानगरपालिका महिला तथा बालबालिका शाखाका माया श्रेष्ठ, पत्रकार लिला शाह लगायतले आआफ्नो धारणा राखेका थिए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्रका दाङ प्रतिनिधि जेएन सागरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीरकण ओरेक नेपालकी कार्यक्रम संयोजक ईश्वरी थापाले गरेकी थिइन ।