बन्दको अवज्ञा गरेको भन्दै सवारीसाधनमा तोडफोड

सल्यान ,फागुन २३ – नेत्र विक्रम चन्द विप्लवको बन्दका कारण बिहीबार राप्ती क्षेत्रको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरुले गाडी चल्न दिएका छैनन् । बन्दको अवज्ञा गरेको भन्दै बिहानै दुईवटा सवारीसाधनमा तोडफोड भएको प्रहरीले जनाएको छ ।

Blog Post Ad

Blog Post Ad

राप्ती राजमार्गको सल्यान दाङ खण्ड अन्तर्गत त्रिवेणीको सल्लेखोलामा ना ४ ख ६३६८ नम्बरको ट्रकमा तोडफोड भएको हो । तोडफोडबाट ट्रकका सिसा फुटेका छन् । यस्तै लु २ च २७२५ नम्बरको वोलेरो जीपमा पनि तोडफोड प्रयास भएको छ ।

प्रहरीले तोडफोडमा संलग्नको खोजी भैरहेको जनाएको छ । यातायात सुचारुको लागि स्कटिङमार्फत गाडि चलाउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी इन्स्पेक्टर गिरीराज भण्डारीले बताउनुभयो ।

तुलसीपुरमा कार्यक्रम स्थलबाटै आफ्ना कार्यकर्ताहरु पक्राउ परेको भन्दै त्यस्तो विरोधमा बन्द गर्नुपरेको विप्लव समूहले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *