अज्ञात समूहले ५ वडामा लगाएको ताला फोडियो

घोराही, २३ फागुन | दाङका विभिन्न स्थानिय सरकारका वडा कार्यालयहरुमा अज्ञात समुहले लगाएको ताला प्रहरीले फोडेको छ ।

Buddha International Hospital

Advertise with us

घोराही उपमहानगरपालिकाको वडा नम्बर ८, १६, तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १, शान्तिनगर गाउँपालिकाको वडा नम्बर ३ र ४ मा अज्ञात समुहले लगाएतको ताला प्रहरीले फोडेको हो ।

गएराति अज्ञात समूहले ती वडाहरुमा ताला लगाएको आज बिहान थाहा पाएपछि वडाका नजिक रहेका प्रहरी चौकीबाट गएका प्रहरीले ताला फोडेको दाङका प्रहरी प्रमुख एसपी वेलबहादुर पाण्डेले जानकारी दिनुभएको छ ।

ताला कस्ले लगाएको भन्ने एकीन पहिचान नभए पनि प्रहरीले आज बन्दको आह्वान गरेको बिप्लव नेतृत्वको नेकपाले लगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । बन्द आह्वान सँगै हुन सक्ने अबान्छीत कार्यलाई रोक्न जिल्लाभर प्रहरी परिचालन गरिएको एसपी पाण्डेले जानकारी दिनुभयो ।