समृद्धिको लागि उद्योग

जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले समृद्धिको आधार उद्योग भएको बताएका छन् । उद्योग स्थापनाले रोजगारी र जिल्लाको विकास दुवैमा टेवापुग्ने समेत बताए ।


‘जिल्लाको समृद्धिको आधार उद्योगको विकास हो’ घरेलु तथा सानाउद्योग कार्यालयले आइतवार गरेको ‘तेस्रो उद्योग दिवस’लाई संवोधन गर्दै प्रमुख नेपालीले भने ‘नागरिकको प्रत्यक्ष जीवनस्तर सुधार गर्ने खालका उद्योगलाई राज्यले प्रोत्साहन गर्न आवश्यक छ ।’ उनले विशेष गरेर जिल्लामा कृषिमा आधारित उद्योग स्थापना गर्न सकिने सम्भावना धेरै भएकोले त्यसमा सवै गम्भिर बन्नु पर्ने समेत बताए ।

Buddha International Hospital
Advertise with us


त्यसैगरेर प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जिल्लामा औद्योगिक क्षेत्रको विकासको वातावरण निर्माण गर्नु सवैको दायित्व भएको बताए । कार्यक्रममा घोराही उपमहानगरपालिका प्रवक्ता भरत अर्याल, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषाल र नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तलगायतले मनतव्य राखेका थिए ।

कार्यक्रमको सहजिकरण कार्यालयका सुचना अधिकारी बामदेव शर्माले गरेका थिए । कार्यक्रम घरेलु तथा साना उद्योग प्रर्वद्धन समितिका संयोजक तथा जिल्ला समन्वय दाङका प्रमुख नेपालीको अध्यक्षतामा भएको थियो । कार्यक्रम पुर्व घोराहीमा प्रभात फेरि समेत गरिएको थियो ।