विदेशको पैसा स्वदेशमा लगानी गर्ने सोचमा युवा

पार्वती बस्नेत

Buddha International Hospital

घोराही भरतपुर निवासी संञ्जीब श्रेष्ठको पाँच बर्षे कोरियाको बसाई पछि विदाको समयमा घर आए । साथीभाइ, आफन्तसँगको भेट पछि झण्डै तीन महिनाको विदा सकेर श्रेष्ठ अहिले फेरी कोरिया पुगेका छन् ।

Advertise with us


बि.स.२०७० सालमा ई.पि.एस परिक्षा पास गरेर कोरिया पुगेका संञ्जीबलाई मिहेनत के हो ? र कसरी गर्नुपर्छ भन्ने कुराको गत्तिलो पाठ कोरियाले सिकाएको छ । भर्खरै कोरिया फर्किएका संञ्जीबलाई आफ्नै ठाँउमा बसेर केही गरौ भन्ने सोच छ । तर सानो काम गर्दा पनि भनसुन चल्ने चलनप्रति भने दिक्क लाग्छ ।


घरमा आफुले खाएको थालसम्म उठाउन मन नगर्ने उनलाई कोरियाले सबै कुरा सिकाएको बताउछन । पाँच बर्षसम्म कोरियामा पसिना बगाएको पैसाले आफुले काठमाडौमा जग्गा किनेको जानकारी पनि गराए ।

अब थप पाँच बर्ष जति उता बसेर आए पछि आफ्नै ठाँउमा केही व्यावसाय गर्ने सोच बनाएका श्रेष्ठले समयको महत्व नबुझेका बिग्रेका छोराछोरीलाई बिदेश नै पठाउन उनले अभिभावक माझ आग्रह समेत गर्छन ।

त्यसो त हिजोआज अधिकांश युवाहरुको रोजाईको बिषय हो बिदेश । सकिन्छ जापान, अमेरिका, अष्टे«लिया । सकिदैन, सामान्य देशमा भएपनि जाने हरेकको सपना नै बनेको छ ।
नेपालको तथ्यांकलाई हेर्ने हो भने पनि बैदेशिक रोजगारमा जानेहरुको संख्या ठुलो छ । समय समयमा आउने समाचारले पनि यो कुरालाई पुष्टि गरेको छ ।

 

कसैलाई रहरले बिदेश पु¥याउछ त कसैलाई बाध्यताले बिदेश पु¥याउछ । त्यस्तै रहरै रहरमा बिदेश पढाई गर्न पुगेकी तुलसीपुर निवासी सुष्मा शर्माको अष्टे«लिया बसाँई अहिले निकै रमाईलो बनेको छ । आफु र भाई बिदेशमा भएपनि बिदाको समय र मौकाले मात्रै भेट हुने गरेको बताईन् । किनकी पैसा कमाउन र केही सिक्न बिदेश पुगेको बताउने सुष्माले अहिले पढ्दै डोमेस्टीक एयरलाईन्सको क्याफेमा काम गर्दै आएकी छिन ।

‘काम गर्ने उमेर नै यहि हो । अहिले काम नगरे कहिले काम गर्ने ?’ उनले भनिन ‘मिहेनतको फल मिठो हुन्छ भन्या जस्तै आफुले पैसा बुझदा धेरै आन्नदको अनुभुति हुन्छ ।’

विदेशमा भए पनि आफु सुरक्षित रुपमा काम गरिरहको उनी बताउछिन । सधै रातको १२बजे काम सकेर टे«न मा चढेर आफ्नो कोठामा आउदा पनि आफुलाई आजसम्म कहिपनि असुरक्षित अनुभव नभएको बताईन् ।

त्यसो त पहिला अन्य देशमा झण्डै ५बर्ष बिताएकी सुष्मालाई अहिले अष्टे«लियाको बसाँई बर्षदिन पुग्न थालेको छ । बिदेशमा रहदा घरको याद, माया लागेपनि आफु पढ्न आएको हुदा आफनो खर्च उठाउन र कमाउनलाई भएपनि काम गर्नैपर्ने सुष्माले बताईन् । जसले जे भनेपनि बिदेशमा जस्तो सुकै काम किन नहोस् कामको आधारमा व्यक्तिलाई हेपेको पाईदैन् अर्थात कामको सम्मान गर्ने गरेको बताईन् ।

उनलाई पनि लामो समय बिदेश बसिरहन मन छैन । पढाई सके पछि नेपाल फर्किने बताएकी सुष्मालाई कफि गजब्बको बनाउन आउछने हुदाँ त्यही व्यवसाय नै उपयुक्त लाग्ने बताउछिन ।

बिदेश पुगेका यी दुई प्रतिनिधि पात्र मात्र हुन् जसलाई बिदेश मोहले तानेपनि समय भनेकै पैसा हो । पसिना बगाउन र पाखुरा खियाउन जानेपछि नेपालमा पनि पैसा कमाउन सकिने बताए । आफुहरु केही समयको बसाँइपछि नेपाल नै फर्किने बताए ।