ववइको गुरुयोजना निर्माणको विषयमा छलफल

बालकृष्ण पाण्डे
दाङको बबई गाउँपालिकाले गाउँपालिकाको समग्र विकासका लागि बृहत गुरु योजना निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधवार सम्पन्न गरेको छ । बबई गाउपालिकाको कार्यालय हापुरेमा वृहत गुरुयोजना तयार पार्ने कामलाई अन्तिम रुप दिन अन्तरक्रिया कार्यक्रम भएको हो ।

Buddha International Hospital
Advertise with us


पन्ध्र बर्षे गुरुयोजना निर्माण गर्ने कामलाई ‘ईन्टेन्सिभ स्टडी एण्ड रिसर्च सेन्टर’ नामक संस्थाले जिम्मा लिएको बबई गाउँपालिकाका योजना शाखा प्रमुख तिलक केसीले जानकारी दिनुभयो । सस्थाले गुरुयोजना निर्माणका लागि विभिन्न चरणमा छलफल एवं स्थलगत अवलोकनको काम गरेको सस्थाका अर्थशास्त्री हुमलाल भण्डारीले जानकारी दिनुभएको छ । गुरुयोजना निर्माणको पहिलो चरणमा विभिन्न पक्षको स्थलगत अध्ययन गरिएको थियो ।


अध्ययनपछि ईन्टेन्सिभ स्टडी एण्ड रिसर्च सेन्टरले बुधवार बबई गाउपालिकाका लागि तयार पारेको प्रतिवेदन तथा रिर्पोटहरु प्रस्तुत गरेको थियो । बबई गाउँपालिकाका निर्वाचित जनप्रतिनीधि, बबई गाउपालिका क्षेत्रका विभिन्न संघ सस्थाका कर्मचारी, प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि सुरक्षा कर्मी संचारकर्मीसंग बृहत् गुरुयोजनाको अन्तिम प्रारूप तयार पार्ने बारे जानकारी गराइएको थियो ।


बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यंक्रममा ईन्टेन्सिभ स्टडी एण्ड रिसर्च सेन्टरको विज्ञ टोलीले बबई गाउँपालिकाको बृहत गुरुयोजनाको बारेमा जानकारी गराएका थिए । उनीहरुले बबई गाउँपालिकाको समग्र वस्तु स्थितिलाई समेटेर गुरुयोजना निर्माण गरेका छन् ।

ईन्टेन्सिभ स्टडी एण्ड रिसर्च सेन्टरले निर्माण गरेको बृहत गुरुयोजनामा बबई गाउँपालिकाको सडक, आवास, खानेपानी, यातायात, आवश्यक रुट, सिचाइ, उर्जा, संचार शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, लगायत बबई गाउँपालिकाको वस्तुस्थिति, तथ्याङ्क विश्लेषण, विकास योजनाको बारेमा अध्ययनको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

त्यसैगरी बबई गाउँपालिकाले उच्च महत्व र प्राथमिकताका साथ केन्द्र भागमा राखेर गर्नुपर्ने योजना तथा कार्यक्रमहरू, विकास योजना प्राथमिकिरण, दिगो विकासका लक्ष्यहरु, अनुगमन तथा मूल्याङ्कनको बारेमा पनि अध्ययन प्रतिवेदनमा प्रस्तुत गरीएको थियो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नेपालको संविधानको अनुसूची ८ मा उल्लेख भएका स्थानीय तहको अधिकारको थप व्याख्या गरी स्थानीय सरकारलाई स्थानीय स्तरका समग्र विकासका योजनाहरू निर्माण, कार्यान्वयन तथा अनुगमन गर्ने अधिकार प्रदान गरेको छ ।

बृहत गुरुयोजना निर्माण गर्नुको मुल उद्देश्य भनेको दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य, रणनीति तथा कार्यनीति र कार्य योजना तयार हुने, सो कार्यका लागि गाउँपालिकाको स्पष्ट आधार नक्सा तयार गर्ने, भौतिक पूर्वाधार विकास योजना, आर्थिक विकास योजना, वातावरण तथा विपद व्यवस्थापन, योजना, सेवा प्रवाह तथा संस्थागत विकास योजना, भू–उपयोग योजना, सामाजिक–सांस्कृतिक विकास योजना बनाउने, व्यापक जनसहभागितामा क्षेत्रगत लक्ष्य, उद्देश्य, अपेक्षित परिणाम र कार्यक्रमहरूको निर्धारण गर्ने रहेका छन् ।

अभिमुखि करण कार्यक्रमा बोल्दै बबई गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेल ले बबई गाउँपालिकाको समग्र विकासका लागि गुरुयोजताले ठुलो सहयोग पुग्ने बताउनु भएको छ । उहाँले वृहत गुरुयोजनाले बबई गाउँपालिकालाई आगामी दिन मा बिकाश को काम अघि बढाउन सहयोग पुग्ने बताउनु भएको छ । साथै बृहत गुरु योजनाले हाम्रो गाउपालिका को अवस्थाको तस्वीर स्पष्ट देखाउने बृहत गुरुयोजनाको आधारमा बबई गाउपालिकाले आफ्नो काम अघि बढाउने बताउनुभएको छ ।

साथै उहाँले भोलीको बबई गाउपालिका कस्तो बनाउने भन्नेबारे अहिलेनै सबैले सोच्नु पर्ने बताउनु भएको छ । सक्षम र सबल बबई गाउपालिका निर्माणका लागि सबैले सहकार्यका साथ काम गर्नु पर्नेमा जोड दिनुभएको छ ।

प्रमुख प्रसाशकिय अधिकृत बसन्तराज अधिकारीले गाउपालिकाको बृहत गुरु योजना को नियमन गर्ने सम्यन्त्र हुनुपर्ने बताउनु भएको थियो ।
बबई गाउपालिका का उपाध्यक्ष साबित्रा बिश्वकर्माले बिकाश निर्माणका कार्यहरु अगाडी बढाउन बृहत गुरु योजनाले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भएको छ । उहाले गुरु योजना कार्यन्वनकालागि सबै को महत्वपूर्ण भुमिका हुनुपर्ने बताउनु भएको छ । अन्तरक्रिया कार्यक्रममा । नेपाल कम्युनिष्ट पार्टी नेकपा बबई का अध्यक्ष जितबहादुर ओलि , नेका प्रतिनिधि तथा समाजसेवि कुल बहादुर के सि वडान ३ का अध्यक्ष नन्दलाल ओलि लगायतले सुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो कार्यक्रम को सहजीकरण तिलक केसिले गर्नु भएको थियो ।