कथा :  ” विवशता ”

 दीपक जीएम ‘आर्जव’
Advertise with us
‘होइन यो नकचरी कहिलेसम्म यो गाउँमा भट्किरहन्छे । यसलाई न त लाज सरम छ न त इज्जतको नै चिन्ता र गाउँभरिका भलादमीहरूलाई बिगारेकी छे । त्यो कुल नघारनकीले’, सुन्तलीको रिस हेर्ने लायकको थियो । उनले अझ थप्दै गइन्, ‘मेरो पोइलाई समेत आफ्नो जवानीको नसामा अल्झाएकी छे ।

दिनरात हामी बूढाबूढी बीच यसैको कारणले झगडा परेको परै हुन्छ । कहिले नझर्किने मेरो पोइ यो नकचरी आएदेखि घरमा आगो सल्केकोझैं भाछन् । मेरो घरबार नै भाँड्ने भई यसले त..।’ घाँस काट्न गएका सँगिनीहरु एकअर्कासँग रिस पोख्दै थिए ।

Buddha International Hospital
‘मेरो छोरालाई पनि पल्काएकी छे, त्यति सोझो मेरो छोरो अहिले पढ्न पनि मान्दैन अनि राती राती अवेलासम्म पनि घर आउँदैन । त्यो बेश्याले मोहनी नै लगाएकी छे मेरो छोरामाथि’, राधा दाह्रा किड्छे र घाँस डोको मा हाल्दै राधा बोल्दै थिइन्, ‘अब त अति नै भाको छ त्यो बेश्यालाई गाउँदेखि नै खेद्नुपर्छ नत्र त्यो लाज पचाएकीले हाम्रो गाउँ नै सखाप पर्छे ।’
हो हो भन्दै सहमत जनाउँदै थिए सबैले अनि फर्किदै थिए गाउँ तिर हुन पनि किन न होस् मायाको जवानीले गाउँ नै ढक्कमक्क भएको थियो , हरकोही उसको जवानीको भोको थियो । मायाको त्यो रहर लाग्दो बैस देखेर जो कोही पनि लालयित हुन्थे ।
     मायाका मृगनयनी आँखा, गुलावी अनि रसिला ती ओठ, पुष्ट छाती, सलक्क परेको त्यो जिउ अनि पातलो कम्मर जसमा जो कोही पनि आफ्नो ज्यान थप्न पछि पर्दैनथे । गाउँघरमा बेश्यावृत्ति फैलाई भनेर गाउँका महिलाहरुले बिरोधमा एउटा गठन लागू गर्न खोजे । तर, सफल हुन सकेनन् । ‘एउटा साधारण परिवारमा जन्मिएकी माया जसको घरमा बिहान साँझ समेत छक टार्न गाह्रो थियो । तर, पनि माया कि आमाले सकी नसकी दिनरात जमिन्दारको घरमा शोषित हुँदै अनि काम गर्दै माया अनि छोरा साथै जँड्याहा पोइको पेट पाल्ने गर्थिन् ।
गाउँमा एकाएक आएको हैजाले मायाको आमा अनि सानो भाइलाई टप्प टिपेर लाग्यो साथै बुबालाई कहिलै निको हुने रोग लाग्योरबिचरा माया लाई गरिबीको पीडाले पिरोल्दै गयो अनि १२ वर्ष नाघेकी टुसाउँदै गरेको मायाको त्यो शरीरलाई राक्षस जमिन्दारले कुल्चिदियो । रुदै गुहार माग्दै माया चारैतिर भौतारिरही । रगतको भेलसँगै । तर, उसको चित्कार सुनेर पनि नसुनेझैं गरे गाउँलेहरुले । त्यो पापी जमिन्दारको बिरोधमा को नै बोल्न सक्थ्यो र..? यसरी कसैबाट पनि कुनै सहयोग नपाएपछि त्यो निर्जीव गाउँ छोडेर माया सहरको रमझममा पसी जहाँ ऊ अञ्जान थिई आउने समस्याहरु सँग..र सहर त पसी माया ।
तर, खान बस्न कहाँ सजिलो थियो र उसलाई..कतै बाट पनि सहयोग भवना न पाएपछि उनी निरास अनि दुखी भइन् । जहाँ गए पनि मायाको जवानीका भोकहरु मात्रै..केही आसको अपेक्षा नपाएपछि अन्तमा मायाले आफ्नो वैंशालु शरीरको अगाडि हार खानु नै पर्यो अनि नोचिन थालिन्, त्यो दानवहरु बीचमा जहाँ मायाको शरीरको भाउ–तौल हुन थाल्यो ।     आर्थिक अवस्थाका कारण दिनहुँ मायालाई आफ्नो जवानीको सौदा गर्नुपर्ने भयो । सानै उमेरमा मायालाई समान सरी चलाउन थाले सबैले । हँुदाहँुदै उमेरले १८ पुगेकी मायाको जवानी झन्पछि झन् वैंशालु हुन थाल्यो साथै जवानीको रस चुस्नेहरुको ताँती झन्–झन् बढ्न थाल्यो । पैसाको भारीले मायालाई यसरी पछ्यायो कि नचाहेर पनि मायाले पैसाको पेटीलाई आफ्नो कलकलाउँदो जवानीसँग साट्नुपर्ने भयो ।
उनी आठ वर्षपछि पुनः गाउँ फर्केकी छिन् जहाँबाट उनको बाल्यकाल को सुरुवात भएको थियो । गाउँका जान्ने मन्ने जमिन्दारलगायत गाउँले भलादमीहरु अहिले मायाको जवानीमा आफूलाई समर्पित गरेका छन्, सहर बाट गाउँ फर्केकी मायाले गाउँबाट सक्दो पैसा बटुलेकी छिन् । जमिन्दार भनौदाहरुका सारा सम्पत्ती अहिले मायाले आफ्नो नाममा गरेकी छिन्, भए जति गाउँलेका धन दौलत आज मायाकै पुल्ठोमा बाँधिएका छन् । तर, पनि आश्चर्यको कुरा कसैले पनि मायालाई चिनेनन् । कहाँबाट आएकी हो र को हो थाहा छैन कसैलाई पनि, मात्र ऊ बेश्या हो भन्छन् अनि हामरा घर किन भत्काउँदै छे यो बेश्याले एकएक गर्दै भनेर चकित छन्–गाउँका महिलाहरु ।
यो बेश्यालाई गाउँदेखि बहिष्कार गर्नुपर्छ भन्दै आवाज उठाइरहेका छन् । तर, पनि मायालाई केही फरक परेको छैन । सायद् बेचिएको शरीरलाई निर्जीव सम्झेर होला उनी मन्द मुस्कान लिँदै नसुनेझैं गर्छिन् ।
‘समयसँगै गाउँको हाउभाउ नै बदलिएको छ धेरै परिवर्तन आएका छन् । माया अहिले खुसहाल जीवनयापन गरिरहेकी छिन् । बटुलेको पैसाले गाउँमा बत्ती जडान, स्कूल अनि अस्पताल निर्माण गरेकी छिन् साथै महिला तथा बालबालिका अधिकारका लागि एउटा संस्था चलाएर बसेकी छिन् । गाउँलेहरूले पनि प्रोत्साहन प्रदान गरेका छन् र हिजोका दिनहरुमा मायालाई बेश्या, नकचरी, निच आइमाई भन्नेहरु अहिले उनीबाट नै सही र गलत छुट्याउने साथै परेको बेला कसरी परिस्थितिको सामना गर्नुपर्छ भन्ने पाठ सिक्दै छन् र सल्लाह सुझावका लागि उनी कहाँ धाउने गर्छन् ।
दिनहरु बित्दैछन् आज स्कूलमा बालअधिकार सम्बन्धी कार्यक्रम राखिएको छ र कार्यक्रममा मायालाई अतिथिका रूपमा बोलाइएको छ, माया स्कूलतिर जाँदैछिन् र बाटोमा कसैलाई नमस्ते अनि हात हल्लाउँदै के छ भन्दै छिन्, अलिक पर पँधेरोमा पानी भर्नेहरुको भीड छ र भीडबाट कसैले मायातिर हेर्दै भन्यो ।
”यो त्यही माया भन्ने बेश्या होइन र ” तर माया नसुने झै गरी मन्द मुस्कान लिई आफ्ना कदमहरु अगाडी बढाउछीन…