प्रदेशस्तरीय बास्केटबल प्रतियोगिताको छनौट शुरु

Advertise with us

घोराही, फागुन २२ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दाङमा प्रदेश नं. ५ स्तरीय बास्केटबल छनौट प्रतियोगिता सुरु भएको छ । मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति नेपालगंज तथा दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रदेश नं. ५ का दाङ, पाल्पा, बाँके, रुपन्देही र रोल्पा गरी पाँच जिल्लाहरुको सहभागिता रहेको छ ।

Buddha International Hospital

Advertise with us

देशभर ७ वटै प्रदेशमा बास्केटबल प्रतियोगिताको छनौट भैरहेको छ । सात वटा प्रदेशबाट छनौट भई ७ उत्कृष्ट समूहसँगै आर्मी, एपीएफ र नेपाल पुलिस क्लब लगायत १० वटा पुरुषको समूह र महिलाको १० वटा समूहले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन पाउने छन् ।

चैत्रको दोश्रो साता हुन गैरहेको आठौँ राष्ट्रिय खेलकुद दाङमा हुने आयोजकले बताएको छ । साथै बुधबारदेखि शुरु भएको बास्केटबल प्रतियोगिता ३ दिनसम्म चल्ने र प्रतियोगितामा विभिन्न पाँच जिल्लाका १२ खेलाडीहरुलाई छनौट गरी आठौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने दाङ जिल्ला वास्केटबल बल एशोसिएसनका उपाध्यक्ष प्रज्जवल शाहले बताउनुभयो ।

घोराहीमा भइरहेको छनौट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा रोल्पालाई पछाडी पार्दै दाङ विजयी भएको छ । दोश्रो खेलमा पनि पाल्पाले रोल्पालाई पराजित गरेको छ । तेश्रो खेलमा रुपन्देहीले पाल्पामाथी जित हांसील गरेको छ भने चौथो खेलमा बांकेले दाङलाई पराजित गरेको छ । पाँचौ खेलमा पनि रुपन्देहीलाई पछाडि पार्दै बाँके विजयी भएको उपाध्यक्ष शाहले बताउनुभयो ।

बिहीबार हुने बास्केटबल प्रतियोगितामा पहिलो खेलमा दाङ र पाल्पा, दोश्रो खेलमा रुपन्देही र रोल्पा, तेश्रो खेलमा बाँके र पाल्पा, चौथो खेलमा दाङ र रुपन्देही, पाँचौ खेलमा रोल्पा र बाँके बीचमा प्रतिष्पर्धा हुनेछ । खेलकुद विकास समितिका कोषाध्यक्ष कैलाश रोकाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा घोराही उपमहानगरपलिकाका प्रमुख नरूलाल चौधरीको प्रमुख आतिथीको रुपमा उपस्थित हुनु भएको थियो । खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डाँगीको अध्यक्षतमा भएको कार्यक्रमको सहजीकरण समीर वलीले गर्नुभएको थियो ।