पत्रकार लोग्शरी कुँवर एनपिस अवार्डबाट पुरस्कृत

महिला खबर अनलाइनका सम्पादक लोग्शरी कुँवर एनपिस अवार्डबाट पुरस्कृत भएकी छन् ।

२०६० सालदेखि पत्रकारितामा सक्रिय कुँवरलाई यूएनडीपीको एनपिस नेटवर्कले हिजो राती थाइल्यान्डमा आयोजना गरेको कार्यक्रममा पुरस्कृत गरेको हो ।

Blog Post Ad

Blog Post Ad

एनपीस नेटवर्कले गत नोभेम्बर महिनामा नै अवार्ड विजेताको घोषणा गरेको थियो । घोषणाको चार महिनापछि अवार्ड वितरण गरिएको हो ।

पत्रकारिताको माध्यमबाट लैंगिक समानताको पक्षमा निरन्तरता कलम चलाएको भन्दै नेटवर्कले उनलाई पुरस्कृत गरेको यूएनडीपीले जनाएको छ ।

सम्पादक कुँवरलाई अभियन्ता राधा पौडेलले एनपीस अवार्डको ‘अनटोल्ड स्टोरी’ विधामा मनोनीत गरेकी थिइन् । यो विधामा नेपालबाट अन्य तीनजना महिला पनि मनोनीत भएका थिए ।

मनोनयनमा परेका मध्य सबैभन्दा बढी मत ल्याउनेलाई यो अवार्ड प्रदान गरिन्छ । सम्पादक कुँवरले आफूलाई अमूल्य मत दिइ अवार्ड जिताउने सबैमा धन्यवाद ज्ञापन गरेकी छिन् ।

यूएनडीपीले शान्ति स्थापना र लैंगिक समानता लागि काम गर्ने एसिया अन्तर्गत सात देशका अभियन्ता र संस्थालाई हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आइरहेको छ ।

सोही कार्यक्रममा नेपाल, फिलिपिन्स, अफगानिस्तान, श्रीलंका, पाकिस्तान, म्यानमार र इन्डोनेसियाबाट बिजेता संस्था र अभियन्ताहरुलाई पनि अवार्ड वितरण गरिएको थियो ।

 

cp_ महिला खबर अनलाइन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *