ओझेलमा टेङनैया बाबा

देउखुरी, फागुन । दाङको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले लमही नगरपालिका क्षेत्र भित्र रहेका सम्पूर्ण धार्मिक स्थललाई पर्यटकिय गन्तब्यको रुपमा विकास गरिने बताउनु भएको छ । उहाले त्यस्ता स्थलको विकास गर्दा पर्यटन सँग जोड्दै विकास गर्ने बताउनुभयो । नगर प्रमुख केसीले स्थानीय सरकार र प्रदेश सरकारको संयुक्तको सहकार्यमा धार्मिक स्थलहरुको पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताउनुभयो ।

Buddha International Hospital

Advertise with us

टेङनैया बाबा धार्मिक विकास क्षेत्रीय समितिले आयोजना गरेको शिवरात्री साँस्कृतिक कार्यक्रममा नगर प्रमुख केसीले टेङनैया बाबा धार्मिक स्थललाई नगरकै धार्मिक क्षेत्रको रुपमा विकास गर्ने बताउनुभयो । कार्यक्रममा लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासेले सबैले थाहा पाएको एक मात्रै धार्मिक स्थल टेङनैया बाबा धार्मिक पछिल्लो समय प्रचारप्रसारको कमीले ओझेलमा परेको बताउनुभयो ।

उप–प्रमुख बेल्वासेले टेङनैया बाबा धार्मिक स्थलको समग्र विकासको लागि लमही नगरपालिकाले बजेट बिनियोजन गरेको बताउनुभयो । बेल्वासेले प्रदेश सरकारसँग समन्वय गरी यस टेङनैया बाबा धार्मिक स्थललाई पर्यटकीय रुपमा विकास गर्ने बताउनुभयो । हिन्दुहरुको माहाशिवरात्रीको अवसरमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा टेङनैया बाबा धार्मिक विकास क्षेत्रीय समितिका सचिव यादवनाथ योगीको बिषय प्रवेशबाट सुरु भएको कार्यक्रममा दिकपाल योगी, जनक बुढा, लमही नगरपालिका वडा नम्बर ८ की वडा सदस्य नारायणी खड्का, पत्रकार शिवराज खनाल, दशरथ घिमिरे लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण पत्रकार प्रिया स्मृती गजमेरले गर्नु भएको थियो ।