बिद्यालय अनुगमनः शैक्षिक गुणस्तरमा सुधार ल्याउन निर्देशन

घोराही उपमहानगरपालिकाले शैक्षिक सुधारका लागि अनुगमनलाई जारी राखेको छ । उपमहानगरको सामाजिक विकास समितिले आईतबार वडा नम्बर ३ र ४ मा रहेका दुईवटा विद्यालयको अनुगमन गरेको छ । वडा नम्बर ३ मा रहेको मावि झिङनी बन्जाडी र वडा नम्बर ४ मा रहेको मावि गोग्लीको अनुगमन गरेको हो । सामाजिक विकास समितिका संयोजक भरतमणि आर्यालको नेतृत्वमा शिक्षा महाशाखाका प्रमुख उपसचिब श्रीप्रसाद भटराई सहितको टोलीले दुई विद्यालयको अनुगमन गरेको हो ।

Buddha International Hospital

अनुगमनका क्रममा शैक्षिण गुणस्तर बृद्धीका लागि आबस्यक प्रयास र योजना बनाउन टोलीले निर्देशन दिएको छ । टोलीले विद्यार्थीको अनुशासन देखी शिक्षण सिकाईलाई प्रभाबकारी बनाउन निर्देशन दिएको हो । अनुगमन टोलीले शिक्षक सहित विद्यार्थीहरुले अनिबार्य विद्यालय पोशाक लगाउनु पर्ने, बिदा बस्दा अनिबार्य निबेदन लेख्नुपर्ने, व्यक्ति देखी विद्यालय परिसरमा सरसफाई गराउनु पर्ने, अनिबार्यरुपमा शैक्षिक सामाग्रि प्रयोग र पाठ योजना अनुसार शिक्षण गर्नुपर्ने लगाएतका विषयमा सुधार गर्न निर्देशन दिएको छ ।

Advertise with us

साथै विद्यालयका आर्थिक पक्षलाई पारदर्शी बनाउन र अनुशासनलाई प्रथामिकता दिएर विद्यालय सञ्चालन गर्न पनि टोलीले निर्देशन दिएको छ । अनुगमन टोलीमा सामाजिक विकास समितिका सदस्य विष्णुमणि दाहाल, विद्यालय निरिक्षक नारायण पौडेल, स्रोत व्यक्ति बिप्लव अधिकारीको सहभागिता रहेको थियो ।