कार्यालयको फोहोर सडकमा

 

Buddha International Hospital

नेपाल बैङक शाखाका कार्यालय दाङले कार्यालयबाट निस्कने फोहर जति सडक र चोकमा फाल्ने गरेको पाईएको छ । कार्यालयले बैङ्कबाट आएको फोहर घोराही स्थित नेपाली सेनाको ब्यारेक हुदै वसपार्क र शहिदमार्ग जाने सडकमै फोहर फाल्ने गरेको स्थानीय हरुले बताएका छन् । बैङ्कले भाचिएका कुर्चि, टेवल, प्लाष्टिकका पुराना कवार्ड, विग्रीएक कम्युटर, माउस, पुराना कागजपत्र, भौचार लगयाएतका सामाग्री सडकमै फाल्ने गरेको स्थानीयहरुले बताएका हुन ।

Advertise with us


स्थानीयहरुले साप्ताहिक रुपमै सडक र टोल –टोलको सरसफाई गरेपनि वैङ्कले घर अगाडी फोहर फाल्दा समस्या भएको स्थानीय भिमबहादुर बुढाले जानकारी दिए । बजारलाई सुन्दरता राख्न आफुहरु दिन प्रतिदिन सडकमै खटेपनि यस्ता सरकारी निकायले फोहरको थुप्रो घर सामु फाल्दा दुगन्र्ध फैलिएको बताए ।


कार्यालयले सेना ब्यारेक हुदै शहिद मार्ग जोड्ने सडकमा झण्डै तीन क्वीटल फोहर लागेर फालेको बुढाले जानकारी दिए । टोल विकास संस्था हरित टोलको रुपमा विकास गर्न खोजेको भन्दै बैङ्क जस्तो संस्थाले बाटो मै फोहर पाल्नु उचित नहुने उल्लेख गरे । बैङकले राति कुन फोहर फाल्यो हामीलाई थाहा छैन बिहान आउँदा सडककै छोपिने गरी फोहर फालिएको थियो अर्का स्थानीय शेरबहादुर खड्काले भने । सारा टोल नै दुगन्र्धित हुने गरी कार्यालयले फोहर पालेको भन्दै स्थानीय गाउँलेहरु नेपाल बैङकलाई कारर्वाही गर्नमाग स्थानीय निकायसंग माग गरेका छन् ।


यस्तै फोहर फालेको भन्दै घोराही उप–महानगरपालिकाले नेपाल बैङक, रोल्पा निर्माण सेवा र एक सार्वजनिक वसलाई कारवाही गर्ने भएको उनिहरुलाई उपमहानगरपालिकाको वातावरण शाखाले कारर्वाही गर्ने लागेको हो । नेपाल बैङकका रोल्पा निर्माण सेवाका मिनबहादुर कुमाई र बस चालक प्रताव पुनलाई कारवाहीका लागि नगरपालिकामा बोलाएको दैवी प्रकोप तथा विपत्त व्यवस्थापन समितिका संयोजक एवं वडा न.ं१४ का अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए ।

नगरपालीकले एक हजार देखि तीन हजारसम्म जरिवाना गर्ने प्रावधान रहेको वताउँदै प्रकृति हेरेर एक लाखसम्म जरिवना समेत गर्ने व्यवस्था रहेको डाँगीले जानकारी दिए ।

Advertise with us