जिल्लास्तरिय क्रिकेट प्रतियोगीता सुरु

तपस्या टे«डर्स जिल्ला स्तरिय विद्यालय टि–२० क्रिकेट प्रतियोगीता मंगलबारदेखि सुरु भएको छ । शान्ति निकेतन विद्यालयको आयोजना तथा तपस्या टे«डर्सको मुख्य प्रायोजन एवं क्रिकेट संघ दाङको प्राविधिक सहयोगमा आयोजित क्रिकेट प्रतियोगीताको उद्घाटन घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपाने र व्यवसायी खड्ग बुढाथोकी संयुक्त रुपमा गरेका थिए ।
शान्ति निकेतन विद्यालयका अध्यक्ष यादव गिरीको अध्यक्षतामा भएको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उपप्रमुख न्यौपानेले खेल क्षेत्रको विकासका लागि उपमहानगरपालिकाले योजना बनाइरहेको बताए । हरेक वर्ष आकर्षक वजेट विनियोजन गरेर खेलको विकासका लागि भूमिका निर्वाह गर्दै आएको भन्दै न्यौपानेले यस वर्ष पनि खेलको पूर्वाधार विकासका लागि प्रदेश सरकारका तर्फबाट १ करोड र उपमहानगरपालिकाको तर्फबाट १ करोड २० लाख वजेट विनियोजन गरेको जानकारी दिइन ।
हरेक वर्ष मेयर कप फुटवल प्रतियोगीता सञ्चालन गर्दै आएकोमा आगामी वर्ष उपमेयर कप प्रतियोगीता पनि सञ्चालन गर्ने तयारीमा आफूहरु रहेको न्यौपानेले बताइन । कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि एवं मुख्य प्रायोजक तपस्या टे«डर्सका प्रबन्धक खड्ग बुढाथोकीले जिल्लाको खेलको विकासका लागि यहाँका सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताए ।

Advertise with us
त्यस्तै विशिष्ट अतिथि घोराही उपमहानगरपालिका वडानम्वर १५ का अध्यक्ष रमेश पाण्डेले स्थानीय तहले अन्य क्षेत्रसँग खेल क्षेत्रको विकासका लागि पनि भूमिका खेल्नुपर्ने बताए ।
क्रिकेट संघ दाङका अध्यक्ष प्रदिप मजगैयाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगायतले धारणा राखेका थिए । जिल्लाका १२ वटा विद्यालयको सहभागिता रहेका प्रतियोगीताको मुख्य प्रायोजकमा तपस्या ट्रेडर्स, सह–प्रायोजकमा घोराही उपमहानगरपालिका वडानम्वर १५, ड्रिमल्याण्ड टे«डर्स घोराही दाङ र व्यवसायी सनत गिरी रहनुभएको छ ।
त्यसैगरी प्रतियोगीताको प्रथम पुरस्कार घोराही उपमहानगरपालिका र दोस्रो पुरस्कार द् लोटस टे«निङ सेन्टर घोराहीले प्रायोजन गरेको प्रतियोगीता संयोजक केशव अधिकारीले जानकारी दिए ।
विद्यालय स्तरमा क्रिकेटप्रति आकर्षण बढाउँदै क्रिकेटको विकास गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगीतामा पहिलो हुने विजेता टिमले नगद रु. २५ हजार र दोस्रो हुने टिमले रु. १५ हजार पुरस्कार प्रदान गर्नेछन् ।
प्रतियोगीतामा शान्ति निकेतनको विजयी सुरुवात
घोराहीमा जारी तपस्या टे«डर्स जिल्लास्तरिय विद्यालय टि–२० क्रिकेट प्रतियोगीतामा शान्ति निकेतन विद्यालयले विजयी सुरुवात गरेको छ । घोराहीको गुलरिया क्रिकेट मैदानमा भएको प्रतियोगीतामा गोरखा बोर्डिङ स्कुल घोराहीलाई २९ रनको फराकिलो अन्तरले पराजित गर्दै शान्ति निकेतन विद्यालय घोराहीले विजयी सुरुवात गरेको हो ।

Buddha International Hospital