अन्र्तराष्ट्रिय महिलादिवसको अवसरमा सरसफाई

१०९ औं अन्र्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा विभिन्न गाउँ, टोलमा सरसफाई गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७को वडा कार्यालयको आयोजना र प्रगति महिला सहकारीको सहआयोजनामा मंगलवार सरसफाई गरिएको हो ।
वडाको हरिद्धार टोल, घनीवगिया टोल, हरिद्धार स्कुल, कमलपोखरी लगायतका सडक वरपरका झाँडी, प्लाष्टिक उठाएर सरसफाई गरिएको थियो । वडा अध्यक्ष खुसीराम चौधरी, सदस्य रेमन्तापुन, सहकारीका अध्यक्ष द्रोपदा न्यौपानेको अगुवाईमा सरसफाई गरिएको थियो ।
वडालाई प्लाष्टिक मुक्त वडा निर्माण गर्नको लागि वडाले गत भदौ महिना देखि निरन्तर साप्ताहिक रुपमा सरसफाई गर्दै आएको छ । वडालाई सरसफाई युक्त, प्लाष्टिक मुक्त वडाको रुपमा चिनाउन वडा भरिका ४८ वटा टोललाई परिचालनगर्दै आएको छ ।

Advertise with us

Buddha International Hospital