स्थानिय निकायका कर्मचारी बीचको बिभेद हटाउन माग

दाङको घोराही उप महानगरपालिकामा कार्यरत स्थानिय निकाय अन्तरगतका कर्मचारीले निजामती कर्मचारी र स्थानिय निकायका कर्मचारी बीचको बिभेद हटाउन माग गरेका छन् ।
नेपाल नगरपालिका कर्मचारी एशोसियन घोराही उप महानगरपालिका इकाई समितिको आयोजनामा शनिवार घोराहीमा आयोजना गरेको बृहत भेलामा बोल्ने बक्ताहरुले स्थानिय निकायका कर्मचारीलाई सरकारले सौतेनी व्यवहार गर्ने गरी निजामती कर्मचारी समायोजन बिधयक ल्याउन लागेको भन्दै कडा रुपमा बिरोध जनाएका छन । हिजो द्धन्द्ध र जनप्रतिनिधि बिहिन अवस्थामा स्थानिय निकायमा दुख गरेका कर्मचारीलाई प्रोत्साहन गर्नुको साटो मनोवल कमजोर पार्ने गरी बिधयेक आउन थालेको भन्दै उनिहरुले त्यसका लागी सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन ।
उप महानगरपालिकामा जनताको बढि भिडभाड र चासो रहने योजना, राजश्व, फोहोरमैला, घरनक्सा तथा वडा तहमा अधिकांस स्थानिय तहका कर्मचारीले धानेको भन्दै वक्ताहरुले जिम्मेवारी दिदा निजामती र आफुहरुवीच बिभेद गर्न नहने बताएका छन ।

Advertise with us
भेलालाई सम्वोधन गर्दै केन्द्रिय उपाध्यक्ष जंगबहादुर जिसिले निजामती र स्थानिय निकायका कर्मचारीविच समान किसिमको सेवा सुविधा भएमा मात्र स्थानिय तहको विकास हुने बताए । उनँले दशकौ बर्ष स्थानिय तहमा काम गरेका कर्मचारीको भावना सरकारले बुझ्न जरुरी रहेको धारणा राखे । यस्तै केन्द्रिय सदस्य लिलाजित नेपालीले नगरपालिकामा हाल स्थायी, अस्थायी, करार, ज्यालादारी लगायतका कर्मचारी रहेको भन्दै उनिहरुको माग तत्काल सम्वोधन हुनुपर्ने बताए ।
घोराही उप महानगरपालिकाका इञ्जिनियर रामधन श्रेष्ठले निजाती र स्थानिय निकायका कर्मचारीलाई सरकारले एकै नजरले हेर्नुपर्ने बताए । साविक स्थानिय निकायबाट नियुक्ती पाएका कर्मचारी पनि बिधि र प्रक्रिया भित्रैबाट आएकाले उनिहरुको योग्यता, क्षमता र कार्य अनुभव अनुसारको जिम्मेवारी र पदस्थापना हुनुपर्ने उनको भनाई थियो ।
समितिका कार्यवाहक अध्यक्ष नारायणप्रसाद आचार्यको अध्यक्षता तथा संस्थापक केन्द्रिय सचिव सुवोध रेग्मीको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको थियो । भेलाले यही मंसिर २२ गते बिहान ११ बजे घोराहीमा अविधेशन गर्ने निर्णय गरेको छ । अधिवेशन तयारीका लागी प्रेम केसीको संयोजकत्वमा सात सदस्सीय मुल समिति गठन गरिएको छ ।
समितिका सदस्यहरुमा प्रकाश बिश्वकर्मा, लिलाजित नेपाली, बेधनिधि शर्मा, प्रकाश ज्ञवाली, बिमल योगी र चादनी श्रेष्ठ रहेका छन । सो अवसरमा उप महानरगपालिका सहकारी तथा रोजगार प्रवर्दन शाखाका प्रमुख प्रेम केसी, राजश्व शाखा प्रमुख कृष्ण केसी, योजना शाखाका बिरबहादुर वली लगायतले आआफनो धारणा राखेका थिए । कार्यक्रमको सजजीकरण वडा नम्वर १४ का सचिव तिलकराम डिसीले गरेका थिए ।

Buddha International Hospital